• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

२ दिन अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

२ दिन अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

३ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

३ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

३ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

३ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

५ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

५ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

५ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

६ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

६ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    १ हफ्ता अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • 2 plane ३

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ४

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    २ हफ्ता अघि
  • internet tar cut ५

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ४ हफ्ता अघि
  • kachan ghatana ६

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • mahato ७

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ६ दिन अघि
  • rajendra pande press meet ८

    बागमतीका मुख्यमन्त्री पाण्डेले सार्वजनिक गरे आफ्नो कार्यकालका उपलब्धि

    १ महिना अघि
  • tara panta ramesh ९

    जिफन्टका सचिव तारानिधी पन्त पक्राउ : यस्तो छ अभियोग

    २ हफ्ता अघि
  • rabi and koiri १०

    रवी लामिछानेको राज्यमा खुल्लेआम संसदमै उपस्थित् हुन्छन् फरार सांसद

    ४ हफ्ता अघि
  • संसद् सचिवालयलाई नयाँ दललाई कोठा कसरी व्यवस्थापन गर्ने पिरलो

    न्युज डेस्कप्रकाशित मिति: २०७९ मंसिर ११, आईतबार (२ महिना अघि)
  • ५९६ पाठक संख्या
  • samsad sachiwalaya

    काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आइनसक्दै संघीय संसद् सचिवालयलाई नयाँ दलका लागि कोठा कसरी व्यवस्थापन गर्ने पिरलो थपिएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी यसपालि संसद्मा पहिलो पटक प्रवेश गर्दै छन् । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार २ सिटभन्दा बढी भएका ९ दललाई कम्तीमा दुई कोठाका दरले व्यवस्थापन गर्नुपर्छ । नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितिसकेका छन् । राप्रपा र स्वतन्त्र पार्टीले १/१ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन् । तीन प्रतिशत कटाउने दलले समानुपातिकबाट सिट पाउँछन् ।

    संघीय संसद्मा कम्तीमा दुई स्थानमा निर्वाचित दलले संसदीय दल गठन गर्न पाउँछन् । तिनले संसदीय दलको नेता चुन्नुपर्छ । संसद् सचिवालयले संसदीय दललाई स्रोतसाधन व्यवस्था गरिदिनुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिसभामा १० जनाभन्दा बढी सदस्य रहेको दलले प्रमुख सचेतक राख्न पाउँछ, सचेतक पनि हुन्छन् ।

    सचिवालयले उनीहरूलाई पनि कोठा व्यवस्था गर्नुपर्छ । ‘संसदीय दलको कार्यालयमा आवश्यक कर्मचारी त जसरी पनि व्यवस्था गर्न सक्छौं तर अहिले कोठा व्यवस्थापन नै चुनौती भएको छ, प्रयास गर्दैछौं’ प्रवक्ता पाण्डेले भने ।

    यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना मात्रै सांसद रहेकाले एउटा मात्र कोठा दिइएको थियो । यसपालि राप्रपा राष्ट्रिय पार्टी हुँदै छ । उसलाई संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक, कार्यालयसहित कम्तीमा चारवटा कोठा उपलब्ध गराउनुपर्ने हुन्छ । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि संसदीय दल, प्रमुख सचेतक, बैठक कक्ष, कार्यालयका लागि कोठा चाहिन्छ । कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका लागि यसअघिकै कार्यालय काम लाग्नेछ । जनमोर्चा र मजदुर किसान पार्टीलाई पनि यसअघि एउटा कोठा उपलब्ध गराइएको थियो । एक क्षेत्र मात्रै जितेको नयाँ दल जनमत पार्टीलाई पनि छुट्टै कार्यालय चाहिन्छ । प्रत्यक्षमा तीन क्षेत्र जितेको नागरिक उन्मुक्ति पार्टीका लागि दलका नेता, सचेतक र कार्यालयका लागि कोठा दिनुपर्नेछ । ‘यसपालि स्वतन्त्र सांसद मात्रै ५ जना हुने देखियो,’ संसद् सचिवालयका प्रवक्ता पाण्डेले भने, ‘नयाँ दल र स्वतन्त्रलाई गरी कम्तीमा १६ वटा कोठा थप चाहिन्छ ।’

    संविधानसभाका बेला सचिवालयले ३३ वटा दलका लागि कार्यालय व्यवस्था गरेको थियो । त्यसबेला कार्यालय राखिएको सर्भिस सेन्टरको कोठा अहिले अर्कै प्रयोजनमा रहेकाले यसपालि समस्या भएको सचिवालयले जनाएको छ । कोठा व्यवस्थापन गर्न सचिवालयले गृह मन्त्रालयसँग छलफल गर्न लागेको छ । मन्त्रालयको पुरानो भवनमा दलको कार्यालय राख्न सकिने विकल्प रहेको सचिवालयले जनाएको छ । अर्को विकल्पमा पर्यटन र महिला, बालबालिका मन्त्रालयको भुइँ तलालाई हेरिएको छ । नत्र अस्थायी टहरा बनाएर र बानेश्वरस्थित संसद् भवनसँगै रहेको कानुन आयोगको टहरा लिएर भए पनि दल र स्वतन्त्र सांसदलाई ठाउँ उपलब्ध गराइने सचिवालयले जनाएको छ ।

  • subhayug
  • जनमत पार्टी
  • नागरिक उन्मुक्ति पार्टी
  • प्रतिनिधिसभा सदस्य निर्वाचन
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • संघीय संसद् सचिवालय
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    २ दिन अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    २ दिन अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ३ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ३ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ३ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ३ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ५ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ५ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ५ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ४ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution