इलाम – पूर्वसंविधानसभा अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम २ बाट विजयी भएका छन् ।
गएराती सम्पन्न गतगणनामा नेम्बाङले नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्कालाई एक सय १४ मत अन्तरले पराजित गरेका हुन् । सुरुवातदेखि नै कडा प्रतिस्पर्धा भएको यो क्षेत्रमा नेम्वाङलाई चुनाव जित्न यो पटक निकै चुनौती सामना गर्नु पर्यो । कहिले अग्रता बनाउँदै त कहिले पछि पर्दै भएपनि नेम्बाङले परिणाम आफ्नो पक्षमा पार्न सफल भए ।६९ हजार ८५ मत खसेको नेम्बाङले ३० हजार २० मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिष्पर्धी खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
नेम्बाङको सो क्षेत्रबाट संसदीय चुनावी यात्राको लगातार पाँचौं जित हो । ०५६ देखि एमालेबाट लगातार त्यस क्षेत्रबाट उम्मेद्वार बन्दै आएका नेम्बाङले सबै निर्वाचन जित्दै आएका छन् । ०५६ को संसदीय निर्वाचनमा पहिलो पटक चुनावी मैदानमा प्रवेश गरेका नेम्बाङले कांग्रेसका कुलबहादुर गुरुङलाई पराजित गरेका थिए । मुलुकको राजनीतिक परिवर्तनपछि भएको ०६४ मा भएको संविधानसभा निर्वाचनमा कांग्रेसका केशव थापालाई र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसकै भेषराज आचार्यलाई पराजित गरेका थिए ।
०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसकै थापालाई दोश्रोपटक पराजित गर्दै पराजित गर्दै संसदमा चौथो पटक निर्वाचित बनेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar