• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

२ दिन अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

२ दिन अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

३ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

३ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

३ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

३ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

५ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

५ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

५ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

६ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

६ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    १ हफ्ता अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • 2 plane ३

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ४

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    २ हफ्ता अघि
  • internet tar cut ५

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ४ हफ्ता अघि
  • kachan ghatana ६

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • mahato ७

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ६ दिन अघि
  • tara panta ramesh ८

    जिफन्टका सचिव तारानिधी पन्त पक्राउ : यस्तो छ अभियोग

    २ हफ्ता अघि
  • rajendra pande press meet ९

    बागमतीका मुख्यमन्त्री पाण्डेले सार्वजनिक गरे आफ्नो कार्यकालका उपलब्धि

    १ महिना अघि
  • rabi and koiri १०

    रवी लामिछानेको राज्यमा खुल्लेआम संसदमै उपस्थित् हुन्छन् फरार सांसद

    ४ हफ्ता अघि
  • मतगणना उत्तरार्धतिर, जटिल बन्दै संसदीय जोडघटाउ

    प्रकाशित मिति: २०७९ मंसिर १०, शनिबार (२ महिना अघि)
  • ५०८ पाठक संख्या
  • nirwachan update photo

    काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।

    शुक्रबार रातिसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ३५ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अब ३० स्थानको नतिजा सार्वजनिक हुन बाँकी छ । गत आइतबार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ स्थानका लागि निर्वाचन भएको थियो । यसैगरी प्रदेशसभातर्फ हालसम्म २ सय ७५ स्थानको अन्तिम मतपरिणम सार्वजनिक भइसकेको छ । सात वटै प्रदेशमा प्रत्यक्षतर्फ कुल ३ सय ३० स्थानका लागि प्रदेशसभाको निर्वाचन सम्पन्न भएको थियो । प्रदेशसभातर्फ हालसम्म कांग्रेसले ९३, एमालेले ७२, माओवादी केन्द्रले ४५ र नेकपा एकीकृत समाजवादीले १२ स्थानमा जित हासिल गरेका छन् ।

    प्रतिनिधिसभा र प्रदेशसभा मतगणनाको अन्तिम परिणाम सार्वजनिक भइरहँदा अवस्था भने खासै सन्तोषजनक देखिएको छैन । प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने अवस्था देखिँदैन ।प्रतिनिधिसभा (संघीय संसद) को अवस्था त झनै निराशाजनक देखिएको छ । मतदातामा पुराना र स्थापित दलहरुप्रतिको निराशा, राष्ट्रिय राजनीतिमा नयाँ दलको प्रवेश, स्वतन्त्र उम्मेदवारहरुको बढ्दो प्रभावजस्ता कारणले संसदीय अंक गणित झनै जटिल बन्न पुगेको देखिन्छ ।प्रतिनिधिसभातर्फ १ सय ३५ स्थानको नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस सबैभन्दा ठुलो दलको रुपमा स्थापित भएको छ । कांग्रेसले हालसम्म ४४ स्थानमा जित हासिल गरेको छ । कांग्रेस अझै १० स्थानमा अगाडि देखिएको छ ।

    यसैगरी नेकपा एमालेले हालसम्म ३७ स्थानमा जित हासिल गरेको छ । एमाले अझै ७ स्थानमा अगाडि देखिएको छ । नेकपा माओवादी केन्द्रले १४ स्थानमा जित हासिल गरेको छ भने ५ स्थानमा अग्रता हासिल गरेको छ ।माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादीले १० स्थानमा जित हासिल गरेको छ । निर्वाचनभन्दा केहीअघि मात्र नेपाली राजनीतिमा नयाँ दलको रुपमा स्थापित भएको रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सात स्थान जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी अझै एक स्थानमा अगाडि छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने हालसम्म पाँच स्थान जितेको छ । राप्रपाले अहिले दुई स्थानमा अग्रता लिइरहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले चार तथा जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले तीन÷तीन स्थानमा जित हासिल गरेका छन् ।

    यसैगरी राष्ट्रिय जनमोर्चा, सीके राउत नेतृत्वको जनमत पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि एक÷एक निर्वाचन क्षेत्रमा जितेका छन् । यसका अतिरिक्त यस पटक प्रतिनिधिसभा सदस्यमा पाँच जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यस पटकको प्रतिनिधिसभा निर्वाचनको परिणाम हेर्दा कनै पनि दलले एक्लै सरकार बनाउन सक्ने अवस्था देखिँदैन । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर भने सजिलै सरकार बनाउन सक्छन् । तर, वर्तमान नेपाली राजनीतिक परिदृश्यमा त्यो सम्भावना निकै कम देखिन्छ । यसदेखि कांग्रेस र एमाले नमिल्दा दुई वटा मात्र दलले सरकार बनाउन सक्ने अवस्था देखिँदैन । कांग्रेस र एमाले बेग्लाबेग्लै खेमामा उभिएमा सरकार बनाउनका लागि तीनभन्दा बढी दलको समर्थन आवश्यक देखिन्छ । यस्तो स्थितिमा संसदीय जोडघटाउ निकै जटिल निश्चित छ ।देशमा स्थिर सरकार, विकास र समृद्धिको चाहना राखेर मतदान गर्ने मतदाताको सपना वर्तमान संसदीय अंक गणितले साकार पार्न सक्ने सम्भावना निकै कम देखिन्छ । समानुपातिकतर्फ पनि एमाले, कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य दलले तीन प्रतिशतको लक्ष्य पुरा गर्ने सम्भावना देखिएको छैन ।

    प्रतिनिधिसभा निर्वाचनको मतगणना उत्तरार्धतर्फ लागिरहँदा थुप्रै अप्रत्यासित नतिजा आएका छन् । यस पटकको विभिन्न पार्टीका केही ‘हेभी वेट’ उम्मेदवार पराजित भएका छन् । यसैक्रममा शुक्रबार गुल्मी क्षेत्र नम्बर १ बाट नेकपा एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवाली पनि पराजित भएका छन् । राष्ट्रिय राजनीतिमा गतिलो पहुँच बनाएका ज्ञवालीलाई नेपाली कांग्रेसका चन्द्र भण्डारीले हराएका हुन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका भण्डारीले एमालेका उपमहासचिव ज्ञवालीलाई १ हजार ५ सय ९२ मतान्तरले पराजित गरेका हुन् । भण्डारीले ३३ हजार ७ सय ४४ मत ल्याए भने ज्ञवालीले ३२ हजार १ सय ५२ मत मात्र पाउन सके । ०६४ सालदेखि नै यी दुई नेताबीच चुनावी प्रतिस्पर्धा हुँदै आएको छ । ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा पनि भण्डारी र ज्ञवालीबीच नै प्रतिस्पर्धा भएको थियो । त्यतिबेला भण्डारी ज्ञवालीसँग पराजित भएका थिए ।

    त्यसपछि ०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा ज्ञवाली भण्डारीसँग पराजित भएका थिए । ०७४ सालको निर्वाचनमा भने भण्डारी ज्ञवालीसँग पराजित भएका थिए । ज्ञवालीले अन्तिम मत परिणाम आउनुअघि नै आफ्नो हार स्वीकार गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत भनेका थिए, ‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाइँहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु ।’ ज्ञवालीले हारको जिम्मेवारी आफै लिने पनि बताएका छन् । उनले लेखेका छन्, ‘प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरू रहन गए, समयक्रममा समीक्षा हुने नै छ ।’

    यसैगरी कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।पन्तले २१ हजार ३ सय ९२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रानाले भने २० हजार ३ सय १८ मत मात्र पाए । मतगणनाको सुरूआतदेखि अग्रता लिएका रानालाई अन्त्यतिर पन्तले पछि पारेका थिए । यसअघि यो निर्वाचन क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा उम्मेदवार बन्ने चर्चा थियो । तर, उनी समानुपातिकमा बसेपछि पन्तले टिकट पाएका हुन् । पन्त सुरुमा प्रदेश सभा (२) बाट सिफारिस भएका थिए । कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसका पूर्वनेता पुष्करनाथ ओझाले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । उनले ८ हजार ३ सय ४९ मत ल्याए । अर्का स्वतन्त्र उम्मेदवार जगदिश चौधरीले ७ हजार ४ सय ६० मत पाए ।

    यसैगरी कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । गुरूङले सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६ सय ९ मतान्तरले पराजित गरेका हुन् । गुरुङले २५ हजार ७ सय ९८ मत ल्याए । बरालले भने २३ हजार १ सय ८९ मत ल्याए ।यसैगरी मोरङ क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डा. शेखर कोइराला विजयी भएका छन् । उनले नेकपा एमालेका ‘हेभी वेट’ उम्मेदवार लालबाबु पण्डितलाई पराजित गरेका हुन् ।डा. कोइरालाले ३५ हजार ७ सय ३९ मत पाए । पूर्वमन्त्री समेत रहेका पण्डितले भने २१ हजार ३ सय ९२ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यादवकुमार प्रधानले ८ हजार ५ सय ३१ मत ल्याए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्रीले ८ हजार ४ सय ८४ मत पाए ।

    यसअघि ०७४ सालको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा कोइरालालाई एमालेका उम्मेदवार पण्डितले नै हराएका थिए । कोइराला चिकित्सक पेशाबाट विरासतको राजनीतिमा आएका हुन् । धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० वर्ष नेतृत्व गरेका कोइराला ०६१ सालपछि सक्रिय राजनीतिमा आएका हुन् । उनले ०६२–०६३ को जनआन्दोलनअघि भारतको दिल्लीमा १२ बुदे समझदारी र शान्ति सम्झौताका लागि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन विद्रोही माओवादीबीच सम्वादका लागि पुलको काम पनि गरेका थिए ।

    कोइराला ०६४ सालको निर्वाचनमा मोरङको क्षेत्र नम्बर ७ मा उम्मेदवार बनेका थिए । त्यतिबेला उनी तत्कालीन मधेशी जनअधिकार फोरमका उम्मेदवार विजयकुमार गच्छदारसँग पराजित भएका थिए । मोरङ ७ र सुनसरी ३ बाट पनि निर्वाचित गच्छदारले मोरङ ७ छाडेपछि ०६५ सालमा भएको उपनिर्वाचनमा भने उनी विजयी भएका थिए । ०७० सालको दोस्रो संविधासभा निर्वाचनमा कोइरालाले फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारलाई पराजित गरेका थिए ।

    यसैगरी दाङ क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतान्तरले पराजित गरेका हुन् । चौधरीले २६ हजार ५ सय ६३ मत ल्याए । शान्ताले भने २१ हजार ४ सय ७९ मत मात्र पाइन् । दाङको प्रतिनिधिसभा र प्रदेशसभा गरी सबै नौ वटा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भए । दाङ क्षेत्र नम्बर ३ मा पनि एमालेकी कोमल वलीलाई हराउँदै कांग्रेसका दीपक गिरी विजयी भएका थिए । तीन वटै निर्वाचन क्षेत्रमा गठबन्धनसामु एमाले कमजोर देखियो ।

    दाङको क्षेत्र नम्बर २ मा एमालेका महासचिव शंकर पोखरेल पनि पराजित भएका थिए । उनलाई सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले हराएकी थिइन् । दाङमा प्रदेशसभाका ६ वटै निर्वाचन क्षेत्रमा पनि सत्ता गठबन्धनकै उम्मेदवार विजयी भए । यसैगरी पाल्पा क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता सोमप्रसाद पाण्डेलाई ३ हजार ९ सय ६६ मतान्तरले पराजित गरेका हुन् ।

    गैरेले २७ हजार ८ सय १७ मत ल्याए भने पाण्डेले २३ हजार ८ सय ५१ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले ५ हजार १ सय ८० र मंगोल नेशनल अर्गनाइजेसनका मनबहादुर दर्लामीले १ हजार ४ सय ८८ मत ल्याए ।यसैगरी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी निर्वाचित भएका छन् । चौधरीले नेकपा एमालेका झपटबहादुर रावललाई ५ हजार ७ सय ४३ मतान्तरले पराजित गरेका हुन् ।चौधरीले २१ हजार ८ सय ७१ मत ल्याए । एमालेका रावलले १६ हजार १ सय २८ मत पाए । नेकपा माओवादी केन्द्रका भगतबहादुर बढुवालले १५ हजार १ सय १६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतसिहं विसिले २ हजार ७ सय ८४ मत प्राप्त गरे ।

    यसैगरी प्रतिनिधिसभा सदस्यमा धनुषा क्षेत्र नम्बर ३ बाट नकेपा एमालेकी उम्मेदवार जुलीकुमारी महतो (महासेठ) निर्वाचित भएकी छन् । उनी ३३ हजार ३ सय ८८ मत ल्याएर विजयी भएकी हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अनिलकुमार झालाई ९ हजार ७ सय २ मतान्तरले पराजित गरेकी हुन् । पराजित झाले २३ हजार ६ सय ८६ मत ल्याएका छन् । यसैगरी काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८ सय ६३ मतान्तरले पराजित गरेका हुन् । बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत पाउँदा हुमागाईंले ३९ हजार ४ सय ८२ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५ सय ८६ मत पाए । यसअघि ०७४ सालमा पनि उक्त निर्वाचन क्षेत्रबाट बाँस्कोटा निर्वाचित भएका थिए ।

    बाँस्कोटाले लामो समय मिडिया क्षेत्रमा पनि काम गरेका थिए । हाल नेकपा एमालेको पोलिटब्यूरो सदस्य र काभ्रे जिल्ला इन्चार्जसमेत रहेका बाँस्कोटा केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारका प्रभावशाली मन्त्री पनि थिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ठेकेदार कम्पनीका प्रतिनिधिसँग ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।

    यसैगरी सिरहा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका लीलानाथ श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ २८ हजार ६४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वनाथ साहले २६ हजार ८ सय ८२ मत पाए । तेस्रो स्थानमा रहेका जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १ सय ४६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोवद्र्धनदास तत्माले १ हजार २ सय ५९ मत ल्याए । सो क्षेत्रबाट ०७४ सालमा पनि श्रेष्ठ नै निर्वाचित भएका थिए । यसैगरी महोत्तरी क्षेत्र नम्बर २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

    भण्डारीले २५ हजार १ सय ९० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी सिंहले भने ११ हजार १ सय २० मत ल्याए । नेकपा एमालेका उम्मेदवार रामपरीक्षण यादवले १० हजार २ सय ५८, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९ सय ७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवनकुमार झाले ३ सय ६० मत पाए । यसैगरी एक मात्र निर्वाचन क्षेत्र रहेको लमजुङबाट नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता देवप्रसाद गुरुङलाई पराजित गरेका हुन् ।

    पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत ल्याए । देव गुरुङले भने ३१ हजार ७ सय ८१ मत मात्र पाउन सके । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ९ हजार २९ मत प्राप्त गरे । देव गुरुङले एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई जितको बधाई दिँदै वामपन्थी शक्ति एक हुनुको विकल्प नभएको बताएका छन् । उनले कांग्रेसजस्ता प्रजातान्त्रिक शक्तिले देसीविदेशीको इसारामा वाम शक्तिलाई कमजोर बनाउन खेल खेलेको संकेत गरे । ‘वाम एकताको पहल तपाईं र मबाटै गरौं,’ पृथ्वीसुब्बा गुरुङलाई बधाई दिँदै देव गुरुङले भने । अन्तिम मतपरिणाम सार्वजनिक भएपछि विहानै सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङ पृथ्वीसुब्बा गुरुङ बसेको होटलमा बधाई दिन पुगेका थिए ।

    पृथ्वीसुब्बा गुरुङले पनि वाम शक्तिहरुबीच एकता आवश्यक रहेको बताएका छन् । वाम शक्ति एक नहुँदा त्यसको फाइदा कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिले सधैं लिइरहने उनले बताए । ‘म देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्ति एक हुनुपर्छ, एकता हुनुपर्छ भन्ने विचार बोकेको व्यक्ति हुँ । वाम शक्तिबीच कार्यगत एकताको नीति हुनुपर्छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजेताको प्रमाणपत्र दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने ।

    अहिलेको जनमतले कुनै एउटा दलको बहुमत नपुग्ने पनि उनले बताए । ‘अहिलेको जनमत जसरी अभिव्यक्त भइरहेको छ, के देखियो भने कुनै पनि दलले बहुमत प्राप्त गर्दैन । कुनै पार्टीलाई बहुमत नदिएपछि समन्वयको आधारमा, मिलिजुली आधारमा, गठबन्धनको आधारमा सरकार बनाउनुपर्ने देखिन्छ,’ उनले भने । यसैगरी पश्चिम नवलपरासी क्षेत्र नम्बर २ बाट राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी राप्रपाका उपाध्यक्ष पनि हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेललाई १५ हजार ३ सय ६५ मतको फराकिलो अन्तरले पराजित गर्दै प्रधान विजयी भएका हुन् ।

    प्रधानले ३४ हजार ९ सय ५९ मत प्राप्त गरे । कँडेलले भने १९ हजार ५ सय ९४ मत पाए । नेपका एमालेका दीपेन्द्र अधिकारीले १४ हजार ४ सय ९८ मत प्राप्त गरे । नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाश पाएपछि राजनीतिमा सक्रिय प्रधान तेस्रो पटकको प्रयासमा सफल भएका हुन् । यसैगरी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन् । गुरुङले ३१ हजार ९ सय ९९ मत प्राप्त गरेका थिए । मरासिनीले २८ हजार ७ सय ४४ मत पाए ।यसैगरी नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ निर्वाचित भएका छन् । तामाङ २३ हजार ६ सय ८३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले २० हजार ९ सय ८२ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महतक्षेत्रीले ५ हजार ९ सय ३८ मत ल्याए ।

    यसैगरी कपिलवस्तु क्षेत्र नम्वर ३ मा नेकपा एमालेका मंगलप्रसाद गुप्ता प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी ३ हजार ६ सय ३७ मतान्तरले विजयी भएका हुन् । विजयी गुप्ताले २२ हजार ६ सय १९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९ सय ८२ मत पाए । ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यदेखि निर्वाचन लड्दै आएका गुप्ता सातौं प्रयासमा प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।यसैगरी महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका नेता हरिनारायण यादवलाई २ हजार ५० मतले पछि पार्दै ठाकुर विजयी भएका हुन् । ठाकुरले १६ हजार ३ सय ७५ मत प्राप्त गरे । यादवले १४ हजार ३ सय २५ मत पाए ।

    यसैगरी नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पोखरेल ०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए ।यस पटक उनले नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई पराजित गरेका हुन् । पोखरेलले ३३ हजार १ सय ४८ मत ल्याए । कोइरालाले ३१ हजार ९ सय ४० मत प्राप्त गरिन् । गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएका थिए ।

    विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पोखरेल ०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरे । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी कांग्रेसका उम्मेदवार डा. मिनेन्द्र रिजालसँग पराजित भएका थिए । यसैगरी कालीकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका हुन् ।

    महेन्द्रले २४ हजार ४ सय ७४ र नगीन्द्रले १६ हजार ४ सय १० मत पाएका छन् । उनले यसअघि ०७० सालको दोस्रो संविधानसभा निर्वाचन र ०७४ सालमा प्रदेशसभामा चुनाव जितेका थिए । ०७४ सालको चुनाव जितेपछि कर्णालीको मुख्यमन्त्री बनेका उनी यस पटक भने प्रतिनिधिसभा चुनाव लडेका हुन् । यसैगरी रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार गणेश पौडेललाई १ हजार ३ सय ६६ मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

    पूर्वअर्थमन्त्री पौडेलले २७ हजार १ सय ४८ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७ सय ८२ मत ल्याए । सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशब सुर्यवंशीले २२ हजार १० मत प्राप्त गरे । उक्त निर्वाचन क्षेत्रमा कूल ८१ हजार २ सय २ मत खसेको थियो ।

  • subhayug
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    २ दिन अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    २ दिन अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ३ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ३ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ३ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ३ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ५ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ५ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ५ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ४ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution