काठमाडौं – २६ वटा वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुका लागि चालु आर्थिक वर्ष २०७९/८० को असोज मसान्तसम्ममा २ अर्ब ९५ करोड ७२ लाख ५२ हजार छुटयाएका छन् ।
चालु आ.व.को तीन महिनामा बैंकहरुले कर्मचारीको बोनसका लागि ३ प्रतिशतदेखि ५७ प्रतिशतसम्म छुट्याएका हुन ।बोनस ऐनअन्तर्गत रोजगारदाता प्रतिष्ठानले कुल नाफाको १० प्रतिशत बोनस कर्मचारीलाई दिनुपर्ने प्रावधान छ । सोही अनुसार नै बैंकहरूले कर्मचारीलाई बोनस वितरण गर्ने गरेका छन ।
चालु आवको असोज मसान्तसम्ममा एनआईसी एशियाले बोनसका लागि २७ करोड ८८ लाख ५४ हजार रुपैयाँ छुटएको छ । राष्ट्रिय वाणिज्य बैंकले १९ करोड ७८ लाख ८५ हजार, कृषि विकास बैंकले २ करोड ७४ लाख ६२ हजार, नेपाल बैंकले ८ करोड ८३ लाख ५१ हजार, ग्लोबल आइएमई बैंकले १८ करोड ७४ लाख ५५ हजार, प्रभु बैंकले कर्मचारीको बोनसको लागि ११ करोड २९ लाख २ हजार रुपैयाँ छुट्याएका छन ।
बाँकीका बैकहरु मभ्ये स्टाण्डर्ड चार्टर्ड बैंकले १२ करोड ८७ लाख ९३ हजार, माछापुच्छ्रे बैंकले ७ करोड १६ लाख १६ हजार, नबिल बैंकले बोनसका लागि २४ करोड ९४ लाख ४६ हजार, कुमारी बैंकले १५ करोड ८९ लाख ६२ हजार रुपैयाँ, एनएमबि बैंकले कर्मचारीहरुका लागि ५२ करोड ५२ लाख ५१ हजार रुपैयाँ, सनराइज बैंकले ४८ करोड ६१ लाख ९ हजार, मेगा बैंकले ४५ करोड ९१ लाख ८१ हजार, एभरेष्ट बैंकले ४५ करोड ८३ लाख ३० हजार, सिटिजन्सले ३९ करोड ६५ लाख ३४ हजार रुपैयाँ छुटाएका छन ।
बैकहरुले कर्मचारीको लागि यति धेरै रकम बोनसमा छुटाएपनि व्याजदर नघटाएको भन्दै उद्योग व्यवसयामा डिप्रेसन सुरु भएको भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बताएका छन । आन्तरिक राजस्व कार्यालय भक्तपुरले आयोजना गरेको करसम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा अध्यक्ष मानन्धरले पछिल्लो समय बैंक ब्याजदर वृद्धिका कारण व्यापारी तथा व्यवसायीलाई कर तिर्न समेत समस्या भइरहेको भन्दै बैंकले व्यापारी व्यवसायीको मर्कामा मध्यनजर गरी अविलम्ब ब्याजदर घटाउनुपर्ने माग गरे ।
बैंकहरूले गरेको ब्याजदर वृद्धिले गर्दा अधिकांश व्यापारी व्यवसायी ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको भन्दै उनले ब्याजदर वृद्धिकै कारण केही व्यापारी व्यवसायी डिप्रेसनको समेत सिकार बनेको बताएका हुन । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत ताराप्रसाद भुसालले समयमा कर नबुझाएका लाग्ने कर जरिमाना बैंक ब्याजदरभन्दा बढी भएका कारण समयमै कर बुझाउन अनुरोध गरे ।
उनले जिल्लाका व्यापारी तथा व्यवसायीसँग करसम्बन्धी अन्तरक्रियासँगसँगै अनुगमन कार्यलाई पनि निरन्तरता दिइरहेको जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar