२०८१ बैशाख २०, बिहिबार
हेटौंडा – मकवानपुरमा देउसी खेल्न जाने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बुधबार राति देउसी खेल्ने क्रममा एक घरबाट अर्को घरमा जाँदा भीमफेदी १ बाघचौरका ४१ वर्षीय सुकमान गोलेको भीरबाट लडेर मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका गोलेको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
त्यस्तै हेटौंडा १२ कल्याणटारका ५७ वर्षीय कृष्ण बम्जनको पनि आज बिहीबार बिहान साढे ९ बजे हिंड्दै गर्दा हल्का पानी रहेको खोल्सामा लडेर मृत्यु भएको कार्कीले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar