बझाङ – जिल्लाको मस्टा गाँउपालिका १ मा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
बुधबार अपराह्न ४ बजे तिर सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका २ खेतकोट तर्फ जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको थियाे । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
अहिलेसम्म मृत्यु भएका मध्ये ६ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा मष्टा गाँउपालिका २ की १३ वर्षीय सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी १३ वर्षीय बालक प्रचण्ड खड्का ३८ वर्षिय विरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र शुक्लाफाँटा नगरपालिका ७ कञ्चनपुरका ४२ वर्षिय झरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख जागेश्वरी भण्डारीले बताए ।
प्रहरी प्रमुख भण्डारीका अनुसार घाइते हुनेमा मष्टा गाउँपालिका– २ का ८ बर्षिय अमृत खड्का, १३ बर्षिया रोशनि धामी, सिंहवीर बुढा, ३५ बर्षिय गाडी चालक राजेश रोकाया, ४ बर्षिय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, ५० बर्षिया सिन्किदेवी भण्डारी, सोही वडा २५ बर्षिया कमला कठायत, २१ बर्षिया निन्दा ओखेडा, ७५ बर्षिय बिरबहादुर खड्का, मष्टा साडा– १ बस्ने ३६ बर्षिय सन्तोष सिंह, २२ बर्षिय ईश्वर ओखेडा, अनिस ओखेडा, १० बर्षिय अंकित खड्का, ७५ बर्षिय बिरबहादुर खड्का, ४ बर्षिय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेका छन् । घाईते ५ जना धनगढी रिफर गरेको जनाएको छ
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar