२०८१ बैशाख १८, मंगलबार
हेटौंडा – वाग्मती प्रदेश नीति तथा योजना आयोगले चारवटा कानुनी मस्यौदा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसमक्ष हस्तान्तरण गरेको छ ।
आयोगले तयार पारेको विभिन्न चार वटा कानुनी मस्यौदा आज आयोगका उपाध्यक्ष डा कृष्णराज पन्तले मुख्यमन्त्रीको कार्यालयमा मुख्यमन्त्री पाण्डेसमक्ष हस्तान्तरण गरिएको हो । हस्तान्तरण गरेको मस्यौदामा प्रदेश नीति तथा योजना आयोग ऐन २०७९, प्रदेश व्यवस्थापन ऐन २०७९, प्रदेश आयोजना बैङ्क दिग्दर्शन ऐन २०७९ तथा संगठनात्मक संरचना र जनशक्ति सम्वन्धी ऐन २०७९ रहेका छन् ।
उक्त मस्यौदा गत भदौ ५ र ६ गते गण्डकी प्रदेशको नीति तथा योजना आयोगको आयोजनामा पोखरामा सम्पन्न सातै प्रदेशको योजना आयोगको बैठकद्वारा पारित गरी तयार गरिएको थियो । मस्यौदा हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव तथा अन्य सचिवको उपस्थिति थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar