काठमाडौं – संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई मन्त्रिमण्डलबाट हटाएका छन् ।
जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले कांग्रेसबाट सरकारमा रहेका तीन मन्त्रीलाई हटाएको हुन् । मुख्यमन्त्री राउतले पनि कांग्रेसबाट सरकारमा रहेका यी तीन जना मन्त्रीसँग राजीनामा माग गरेका थिए । तर उनीहरूले राजीनामा दिन अस्वीकार गरेपछि गरेपछि मुख्यमन्त्री राउतले उनीहरूलाई बर्खास्त गरेका हुन् ।
कांग्रेसबाट मन्त्री हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्मा रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar