चितवन – नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको चितवन निर्वाचन क्षेत्र ३ मा डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ ।
भरतपुर अस्पतालको अध्यक्ष रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन – ३ बाट उम्मेदवार बनाउने तयारी माओवादीको छ । डा. अधिकारीलाई प्रचण्डले फोन गरेर उम्मेदवारी दर्ताको तयारीका लागि कागजात जुटाउन भनेका छन् । ‘अध्यक्षले फोन गरेर तपाईं नै उम्मेदवार हो, तयारी गर्न भन्नुभएको छ’, डा. अधिकारीले भने, ‘त्यसका लागि डकुमेन्ट जुटाउँदैछु ।’
सो निर्वाचन क्षेत्र सत्ता गठवन्धनका तर्फबाट माओवादीको भागमा परेको छ । यो क्षेत्रमा माओवादीका तर्फबाट भरपर्दो उम्मेदवार नपाएपछि डा. अधिकारीलाई अस्पतालको अध्यक्ष पदबाट राजीनामा गराएर उम्मेदवार बनाउन लागिएको हो ।
पश्चिम चितवनको पटिहानी घर भएका डा. अधिकारी भरतपुर अस्पतालमा अध्यक्ष हुनुअघि मेडिकल अफिसरका रूपमा कार्यरत थिए । माओवादीले चितवन-३ को (ख) मा माडी नगरपालिकाका पूर्व मेयर ठाकुर ढकाललाई उठाउने भएको छ ।
नेकपा माओवादी केन्द्र, अध्यक्ष, पुष्पकमल दाहाल, प्रचण्ड, डा. भोजराज अधिकारी, चितवन निर्वाचन क्षेत्र ३,
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar