२०८० चैत्र १६, शुक्रबार
नवलपरासी पश्चिम – बेचबिखनको लागि भारततर्फ लैजादै गरेको आशंकामा सशस्त्र प्रहरी बल नवलपरासी पश्चिमले चार युवती र चार पुरुषलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल (बि ओ पी) भुजहवा र भारतीय सुरक्षा सिमा बल (SSB) को समन्वय र सहयोगमा चारै जना महिलाहरुसंग आवश्यक सोधपुछ गर्दा बेचबिखनको आशंकामा उक्त नेपाली युवतीहरुलाई उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।
उनिहरुको साथमा रहेका चार नेपाली पुरुषहरुलाई पनि नियन्त्रणमा लिई थप अनुसंधानका लागि माइती नेपाल र ईलाका प्रहरी कार्यालय महेशपुर टोलीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल २६ नं गणका सुचना अधिकारी केशवराज थापाले बताए ।
उद्धार गरिएकी युवतीलाई सशस्त्र प्रहरीले माइती नेपालको संरक्षणमा राखेको छ । चारै जना नेपाली युवतीलाई दिल्ली हुँदै कुवेत पठाउने गरिएको सशस्त्र प्रहरी स्रोतले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar