काठमाडौं – नेपाल बजार बिक्री प्रतिनीधि संघको छैंठौ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।
यहि भदौ २४ र २५ गते चितवनमा संघको छैंठौ महाधिवेशन हुने भएको हो । सम्पूर्ण कम्पनी प्रतिनीधिहरु एक हौँ, उद्योग व्यवसायको रक्षा गरौँ, रोजगारीको सिर्जना गरौँ भन्ने उद्देश्यका साथ स्थापना भएको संघको महाधिवेशनका लागि तयारी समेत भइरहेको छ भने संघको पदाधिकारी पदका लागि प्रतिनीधिले उम्मेदवार समेत घोषणा भइरहेको छ ।
जसअन्तर्गत चितवनका रमेश नेपालले संगठन सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । २०६६ सालदेखि नेपाल, नेपाल बजार प्रतिनिधि संघ लुम्विनी इकाइमा आबद्ध भई हाल नारायणी इकाइको सदस्यको रुपमा आबद्ध छन् । उनले संस्थालाई विधी र विद्यान अनुरुप व्यवस्थित र संगठित गराउनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । नेपालले इकाइमा आबद्ध सदस्यहरुका लागि इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरि दुर्घटना विमाका लागि पहल गर्ने, रक्तसन्चार केन्द्र संग प्रत्येक इकाई एबम केन्द्रको समन्वयमा विशेष कोष स्थापना गरि निशुल्क रगत उपलब्ध गराउन पहल गर्ने, उत्कृष्ट इकाइलाई सम्मान गर्ने, इकाइको प्रचारप्रसारमा जोड दिने, संस्थामा आबद्ध प्रतिनीधिहरुको हकहितका लागि आवाज उठाउने र संस्थालाई मर्यादित तथा मजबुत बनाउन केन्द्रमा पहल गरि प्रत्येक इकाईमा विभिन्न तालिमको व्यवस्था गर्ने लगायतका प्रतिबद्धता व्यक्त गर्दै संठगठन सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपालले नेपाल रेडक्रस सोसाइटी, रोट्रयाक्ट, रोटरी,लायन्स क्लव, जेसिज सौराह लगायतका विभिन्न सामाजिक संस्थाहरुमा विभिन्न पदमा रहेर काम गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar