शान्ति सुरक्षा, अमनचयन र सिमा सुरक्षामा सशस्त्र प्रहरीको प्रभावकारी भुमिका
शुभयुग संवाददाताप्रकाशित मिति: २०७९ भाद्र १०, शुक्रबार (१ साल अघि)
१२३१ पाठक संख्या
रबिन्द्र यादव / नवलपरासी पश्चिम – दुई दशक अगाडि स्थापना भएको सशस्त्र प्रहरी बल करिब १३ बर्ष देखि सीमा क्षेत्रमा हुने अबैध गतिबिधि रोक्न अब्बल सावित भएको देखिन्छ । सिमित स्रोत साधनका विच खुल्ला सीमाको अबैध गतिबिधि रोक्न पछिल्लो समय सशस्त्र प्रहरी अग्रसर देखिएको हो ।
अहिले सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर २६ नं गण बेलाशपुरले विवादित भुमि सुस्ता लगायत ५ वटा बिओपी र २ वटा राजमार्ग बेश क्याम्प मार्फत सीमा क्षेत्रमा निगरानी र चोरी तस्करी नियन्त्रणमा नवलपरासी पश्चिम सीमा क्षेत्रमा अब्बल मानिएको स्थानीयले बिश्लेषण गर्न थालेका हुन । अहिले नवलपरासी पश्चिम सशस्त्र प्रहरीले शान्ति सुरक्षा,अमनचयन र सिमा सुरक्षामा प्रभावकारी भुमिका निर्वाह गर्दै आएको देखिन्छ ।
केहि महिना यता देखि सशस्त्र प्रहरी बल नेपाल नवलपरासी पश्चिम द्धारा करिब एक करोड नौ लाख २७ हजार बराबरको बिभिन्न किसिमका अबैध लत्ताकपडा, किराना सामान, हार्डवेयरका सामान, खाद्यान्न, ईलेक्ट्रोनिक्स लगायतका अबैध रुपमा भारतबाट चाेरि तस्करी गरि ल्याएका सामनाहरु बरामद गरी भन्सार र राजस्व कार्यालयमा पठाइएको नवलपरासी सशस्त्र प्रहरी गण नं २६ का सुचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरिक्षक केशब राज थापाले बताए ।
नेपाल भारतको २७ किलोमिटर खुल्ला सिमाना नवलपरासी पश्चिममा रहेको छ । सिमामा हुने चोरी तस्करी रोकथाम देखि अपराधिक गतिबिधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपाल २६ नं गणले पछिल्लो समय चासो देखाएको हो ।
सशस्त्र प्रहरीले गर्दा सीमा क्षेत्रमा हुने अपराधिक गतिबिधि देखि अवैध चोरी तस्करी, लागू औषध ओसार पसार ठप्प जस्तै भएको छ ।
अहिले सशस्त्र प्रहरी नवलपरासी पश्चिमले जिल्लाको विभिन्न विद्यालयका छात्रछात्रालाई लागू औषध,बालविवाह तथा चेलिबेटी बेचविखन बारे विद्यालय मै गई जनचेतनामूलक कार्यक्रम मार्फत जागरुक गरिरहेको छ ।
नवलपरासी सशस्त्र प्रहरी,नेपाली सेना र नेपाल प्रहरीले बर्षातको बेला खोलानालामा भएको जलकुम्भी सरसफाइ देखि सिमावर्ती क्षेत्रका गाउँ टोल बस्तीमा हुने अराजक गतिविधि र आगलागी नियन्त्रणमा समेत योगदान दिदै आएको स्थानियहरु बताउँछन् ।
सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर २६ नं गणका गणपतिको कडा निर्देशनमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट ( बि ओ पी ) र बेश क्याम्पले राजस्व छलि भारतबाट ल्याइरहेका अबैध सरसमान धमाधम पक्राउ गरि आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।
नेपाल भारत सिमा क्षेत्रबाट अवैध रुपमा आयात निर्यात हुने सरसमान नियन्त्रणमा लिई सशस्त्र प्रहरीले भन्सार र राजस्व कार्यालय पठाउने गरेको छ । अहिले सिमामा सशस्त्र प्रहरीलाई चोरी तस्करी नियन्त्रणका लागि २६ नं गण मातहतका सम्पुर्ण बि ओ पी र बेश क्याम्पलाई प्रमुखको कडा निर्देशन रहेको सशस्त्र प्रहरी स्रोतको दाबी छ ।
सिमा क्षेत्रमा विशेषगरी रातिको बेला चोरी तस्करी हुने भएकाले प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलको निर्देशनमा रातिको समयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोली परिचालन गरि नियन्त्रण गर्न थालिएको हो । चोरी तस्करी नियन्त्रणका लागि पटकपटक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख बिच समन्वय समेत भइरहेको सशस्त्र प्रहरी स्रोतले बताएको हो ।
कोरोना संक्रमण नियन्त्रणमा सीमामा खटिएको सशस्त्र प्रहरीले त्यति बेला तोकिएको दायित्व मात्र निर्वाह गरेको हैन , सिमित साधनस्रोतका बावजूद चुनौतीलाई साहसका साथ सामना पनि गरेको थियो ।
विषम परिस्थितिमा ज्यानको जोखिम मोलेर सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरी पहरा दिएका थिए । सीमा सुरक्षमा अहिले सशस्त्रको भूमिका सरानीय र प्रशंसा योग्य मात्र होइन, एकदम साहसिक देखिन्छ ।