काठमाडौं – मधेस प्रदेशमा पनि मुख्यमन्त्री परिवर्तनको प्रयास असफल भएको छ ।
मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका जनता समाजवादीका पार्टीमा अध्यक्ष उपेन्द्र यादव नै निर्देशनबाट पछि हटेपछी मुख्यमन्त्री परिवर्तनको प्रयास असफल भएको हो । मुख्यमन्त्री राउतको पार्टी जनता समाजवादीका प्रवक्ता मनिष सुमनले पनि सरकार परिवर्तनको प्रयास असफल भएको बताएका छन् । ‘चुनाव घोषणा भइसकेकाले मुख्यमन्त्री र मन्त्रीहरु हेरफेर सहज देखिएन, तत्काललाई केही नहुने भयो ।’ – उनले भने ।
आगामी ४ मंसिरको चुनाव घोषणा भएइसके पछि केही दिनअघि अध्यक्ष यादवले राउतलाई राजीनामा गर्न निर्देशन दिएका थिए । तर राउतले राउतले राजीनामा दिएका थिएनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar