काठमाडौं । निर्वाचन आयोगले आजदेखि दल दर्ताका लागि पेस भएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ ।
आउँदो मंसिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन चाहने दललाई निर्वाचन आयोगले दर्ताको निवेदन दिन हिजोसम्मको समय दिएको थियो ।
आजदेखि भने दलको निवेदनमा आयोगले जाँचबुझ गर्न लागेको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो अबेरसम्ममा ८४ वटा दलले दर्ताका लागि निवेदन दिएका छन् ।
अब दलहरूले बुझाएका कागजात अध्ययन गरेर दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम शुरु हुने उहाँले बताउनुभयो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar