काठमाडौं । सङ्घ र प्रदेश सभाको निर्वाचनमा सिट बाँडफाँटका लागि गठन भएको पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले सङ्घीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका सिट बाँडफाँटको प्रारम्भिक खाकामा छलफल गर्ने कार्यदलमा सहभागी नेताहरूले बताएका छन् ।
२०७४ सालको निर्वाचन र गत ३० बैशाखको स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर सिट बाँडफाँटमा सैद्धान्तिक सहमति गरेको कार्यदलले सो अनुसारका सिट बाँडफाँडको मोडालिटीमा छलफल गरेर शीर्ष नेतृत्वलाई सुझावसहितको प्रतिवेदन दिनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar