धादिङ – धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलमा गएराति भारतीय नम्बरको ट्रेलरको ठक्करबाट जिपका चालक र परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीप चालक धादिङकै ज्वालामुखी गाउँपालिका–१ का ३० वर्षीय ज्ञानबहादुर नेपाली र सहचालक बेनीघाट रोराङका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ट्रेलरका चालक र परिचालकको उपचार गल्छीस्थित अम्बे भरोसा अस्पतालमा भइरहेको छ । चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रेलरले सोही दिशाबाटै आइरहेको बाग्मती प्रदेश–०१–०२५ च ७८७२ नम्बरको पिकअप जिपलाई ठक्कर दिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar