• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

१६ घण्टा अघि
२

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

२० घण्टा अघि
३

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

२१ घण्टा अघि
४

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

१ दिन अघि
५

ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली

१ दिन अघि
६

नारायणकाजीलाई माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी

१ दिन अघि
७

ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु

३ दिन अघि
८

चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी

३ दिन अघि
९

बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !

३ दिन अघि
१०

कृषि विकास कार्यालयका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त

५ दिन अघि
११

सेवाग्राहीसँग ६ लाख घुस मागेका पर्यटन मन्त्रालयका उपसचिव अख्तियारको फन्दामा

५ दिन अघि
१२

प्रहरीको बुट खरिदमा दोब्बर मूल्य भुक्तानी गरी ६ करोड घोटला

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • suravi shakya १

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya २

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ३

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • tilottama ४

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • thamel ५

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • sir ६

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • rape ७

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ८

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • baburam ९

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • bajet १०

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    २ हफ्ता अघि
  • बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !

    न्युज डेस्कप्रकाशित मिति: २०७९ श्रावण १९, बिहिबार (३ दिन अघि)
  • ३३५ पाठक संख्या
  • ktm upatyaka covid

    काठमाडौं । नेपालमा चार जनामा घटेको कोरोना संक्रमण अहिले दैनिक करिब एक हजारको नजिक देखिन थालेको छ । पछिल्लो हप्ता नेपालमा दैनिक संक्रमण बढ्दै गएको पुष्टि हुन्छ ।

    छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव देखिन थालेपछि नेपालमा संक्रमण बढ्न थालेको हो । खुल्ला सीमाका कारण भारतबाट सजिलै नेपाल आउने भएपछि संक्रमण बढ्न थालेको बताइएको छ । नेपालमा पनि ओमिक्रोनको ‘विएफाइभ’ प्रजाति देखिएको र उक्त प्रजातिको संक्रमणको सर्ने दर उच्च रहेकाले पनि अहिले नेपालमा संक्रमण बढिरहेको छ । पहिले यहाँ संक्रमणदर ०।५ प्रतिशतसम्म झरेकामा अहिले १५ प्रतिशतभन्दा माथि पुगेको छ । साउन १८ गते नौ सय १५ संक्रमित, साउन १७ गते आठ सय १४, साउन १६ गते आठ सय ९५ संक्रमित र एक जनाको निधन भएको छ ।

    यस्तै साउन १५ गते छ सय २०, साउन १४ गते चार सय ३८ र दुई जनाको मृत्यु, साउन १३ गते पाँच सय ७७ जना र दुई जनाको मृत्यु, साउन १२ गते सात सय १० र दुई जनाको मृत्यु, साउन ११ गते पाँच सय ६४ र एक जनाको मृत्यु, साउन १० गते छ सय ३८ र दुई जनाको मृत्यु भएको छ । यसरी सङ्क्रमण दैनिक बढेर हजारको नजिक पुग्न थालेको छ । दैनिक संक्रमण बढिरहेकाले नेपालमा कतै संक्रमणको चौथो लहर आएको त होइन भन्ने लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमणको लहर ग्राफले देखाउने गरेको र अहिले देखिएको संत्रक्रमणको ग्राफले अर्को लहरको संकेत गरेको बताए ।

    सरकारले आधिकारिकरूपमा सङ्क्रमणको चौथो लहर भन्ने नगरेको र संक्रमणको ग्राफले नै लहर बताउने गरेको उनको भनाइ छ । ‘हामीले पहिले पनि ग्राफ बढे पनि संक्रमणको लहर भनेको थिएनौँ, अहिले पनि हामी भन्दैनौँ’, उनले भने, ‘तर अहिले संक्रमणको ग्राफले आफैँ अर्को लहर देखाएको छ ।’ स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले अहिले दैनिक बढिरहेको संक्रमणले चौथो लहरको संकेत गरेको बताए । ‘सरकारले आधिकारिकरूपमा चौथो लहर भन्ने गरेको छैन । तर अहिले दैनिक हजारको संख्याले संक्रमणको चौथो लहरको संकेत गरेको छ’, उनले भने, ‘यदि यसैगरी संक्रमण बढ्न थाल्यो भने चौथो लहर नआउला भन्न सकिन्न ।’

    उनले संक्रमण साउन र भदौमा धेरै माथि (पिक) मा पुग्ने र त्यसपछि घट्ने बताए । खुल्ला सीमा भएकाले दैनिक सीमानाकाबाट आउने मानिसमा संक्रमण देखिने गरेको छ । ती मानिसहरूले नै संक्रमण सारिरहेका छन् । जनस्वास्थ्यविद् डा. सागरराज भण्डारीले साउनदेखि नै कोरोना भाइरस संक्रमणको चौथो लहर सुरु भएको बताउए । ‘संक्रमणको पाँच प्रतिशतभन्दा माथि भयो भने अर्को लहर आएको भन्ने हुन्छ’, उनले भने, ‘नेपालमा अहिले बढेको संक्रमणको अवस्था हेर्दा १५ प्रतिशतकै हाराहारीमा रहेको छ ।’ उनले अहिलेको संक्रमणको तह माथिल्लो तह (पिक लेभल) मा पुगेपछि पुनः घट्ने बताए । उनले भारतको खुला सिमाना र विदेशबाट आएका संक्रमितले संक्रमण सार्ने गरेको बताए ।

    उनका अनुसार अहिले देखिएको ‘विएफाइव’ भेरियन्टले छिटो मानिसमा सारे पनि संक्रमितलाई भने गम्भीर बनाउँदैन । उनले संक्रमित बढिरहेकाले जनस्वास्थ्यका मापदण्ड लागू गर्न र कोरोना भाइरसको चौथो बुष्टर लगाउन आग्रह गरे । नेपालमा पहिलोपटक २०७६ माघ ९ गते संक्रमण पुष्टि भएको थियो । यस्तै दोस्रो सङ्क्रमित चैत १० गते देखिएको थियो । सरकारले दोस्रो संक्रमित देखिएपछि मुलुकभर बन्दाबन्दी (लकडाउन) गरेको थियो । नेपालमा पहिलो लहर विसं २०७६ चैतदेखि २०७७ मङ्सिरसम्म चलेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमणका दोस्रो लहर विसं २०७७ वैशाखदेखि भदौसम्म तथा तेस्रो लहर २०७८ पुसदेखि फागुनसम्म देखिएको थियो । मन्त्रालयले सम्भावित संक्रमणको जोखिमलाई ध्यान दिएर सबै अस्पताल, स्वास्थ्य संस्था र प्रदेशमा तोकिएका कोभिड–१९ अस्पताललाई सङक्रमित व्यक्तिको व्यवस्थापन गर्नका लागि निर्देशनसमेत दिइसकेको छ ।

    यस्तै मन्त्रालयले देशभरिका १७ अस्पताललााई सम्भावित जोखिमलाई ध्यानमा दिएर कोरोना भाइरसका बिरामीको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड हुने स्थानमा अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरेको छ । सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा गोष्ठी, सेमिनार, बैठक जस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र स्यानिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ । यस्तै कोभिड – १९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।

    मृतक अधिकांश खोप नलगाएका

    कोरोना भाइरसको संक्रमणबाट छ महिनासम्म कसैको पनि निधन भएको थिएन । तर पछिल्लो दिनमा भने दैनिक एक वा दुई जनाको संक्रमणबाट निधन हुने गरेको छ । साउन १ गतेबाट संक्रमणबाट मानिस मर्न थालेका हुन् । पछिल्ला समय कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएकामध्ये ८० प्रतिशतले खोप नलगाएको पाइएको छ । महाशाखाका प्रमुख डा. गेलालले संक्रमणबाट निधन भएकामध्ये ८० प्रतिशतले खोप नलगाएको र २० प्रतिशतले पूर्ण मात्राको खोप नलगाएको जानकारी दिए ।

  • Covid19
  • subhayug
  • कोरोना संक्रमण
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

  • सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

  • मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

  • उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी


  • समाचार
  • १

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    १६ घण्टा अघि

  • २

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    २० घण्टा अघि

  • ३

    मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन
    २१ घण्टा अघि

  • ४

    उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी
    १ दिन अघि

  • ५

    ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली
    १ दिन अघि

  • ६

    नारायणकाजीलाई माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी
    १ दिन अघि

  • ७

    ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु
    ३ दिन अघि

  • ८

    चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी
    ३ दिन अघि

  • ९

    बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !
    ३ दिन अघि

  • १०

    कृषि विकास कार्यालयका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    sital niwas
    १ हफ्ता अघि

    प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग राष्ट्रपतिको अन्तरक्रिया : उठाइन् यस्ता सवाल

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution