काठमाडौं – संसदीय विशेष छानविन समितिले फरेन्सिक ल्याबबाट प्राप्त सीसीटीभीको हार्डडिक्सको रिपोर्ट खोलेको छ।
समितिको मंगलबार बिहान ८ बजेपछि बसेको बैठकमा फरेन्सिक ल्याबबाट लाहाछापसहित प्राप्त शिलबन्दी गरेको हार्डडिस्कको रिपोर्ट खोलेको हो। बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरी करका दायरा हेरफेरमा भूमिका खेलेको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले फरेन्सिक ल्याबबाट प्राप्त सीसीटीभी फुटेज खोली हर्न थालेको हो।
पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको प्रवेशबाट बजेट बनाएको आरोपमा गठित संसदीय विशेष छानविन समितिलाई अर्थ मन्त्रालयले दिएको हार्डडिक्समा जेठ १४ गतेको भिडियो नभेटिएपछि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो।
प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेज छ । सो भिडियो अहिले समितिका सदस्यले हेरिरहेका छन् । तर, कहिलेदेखि कहिलेसम्मको, कति भिडियो छ भन्ने प्रष्ट भइसकेको छैन । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो ।
संसदीय विशेष छानबिन समितिले साउन ४ गते पठाएको उक्त हार्डडिक्स आइतबार नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालाबाट प्राप्त भएको हो। उक्त रिपोर्टको समितिले अध्ययन सुरु गरेको हो। समितिले आइतबार गृह मन्त्रालयसँग जेठ १४ र १५ गतेको सिंहदरबारको मुल गेट दक्षिण र पश्चिमद्वारको सीसीटीभी फुटेज माग गरेको छ।
विशेष छानविन समितिले काम सुरु गरेको १० दिन बितिसक्दा पनि प्रमाण जुटाउन नसकेपछि असार २८ गते सदनमा समय थपको माग गरेको थियो। समितिबाट सिफारिस भएर आए अनुसार सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा ७ दिन म्याद थप्न प्रस्ताव गरेपछि सदनले अनुमोदन गरेको थियो। समितिले असार २८ मा काम थालेको थियो।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar