काठमाडौं – नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको नेतृत्वका लागि रस्साकस्सी शुरु भएको छ ।
अध्यक्ष र महासचिवमा दाबी गर्नेहरुको लर्को लागेको छ । यद्यपी, केहि पत्रकारहरु भने मतबाट भन्दा पनि नेताहरुको आर्शिवादबाट चुनाव जित्ने दाबीका साथ चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षमा शिव लम्साल, अनिता विन्दु, सरोज अधिकारी, बन्द्री सिग्देल दीपक आचार्य, रामप्रसाद दाहाल, लगायतको दाबी छ । त्यस्तै प्रभावशाली मानिने महासचिब पदमा युवा पत्रकारहरुले इच्छा देखाएका छन् ।
महासचिबमा खिला काकी भीष्मराज ओझा,, दिलिप पौडेल, युवराज गौतम, मधुसुधन भट्टराई, नकुल अर्याल, रमेश वाग्लेलगायतको दाबी रहेको छ ।अध्यक्षका दाबेदार मानिएका लम्साल यस भन्दा अगाडिको महाधिवेशनमा अध्यक्षका उम्मेदवारमा चर्चा गरिएका थिए। त्यसैगरी बद्रि सिग्देल बाहलवाला अध्यक्ष हुन् । रामप्रसाद दाहालाई पत्रकार महासंघमा रहेर श्रमजीवीको पक्षमा राम्रो काम गरेको जस गएको छ। त्यस्तै महासचिवका उम्मेदवार रमेश वाग्लेको पनि पत्रकारिता क्षेत्रमा लामो अनुभव रहेको छ। म्हासचिवका उम्मेदवार वाग्ले र कार्की पनि एकै जिल्लाका उम्मेदवार भएकोले उनीहरुबीच सहमति हुने आसा धेरैले गरेका छन् ।
युनियनको महासचिवमा दावी गरेका कार्की सवैभन्दा बलिया उम्मेदवार मानिन्छन् । नेपाल प्रेस युनियनको आसन्न नवौं महाधिवेशनमा महासचिवमा बर्तमान सचिव खिला कार्कीले दावेदारी पेश गरेका छन् । दुई दशकभन्दा बढि व्यवसायिक पत्रकारितामा सक्रिय कार्की नेपाल प्रेस युनियनको काठमाडौं जिल्ला सदस्य, काठमाडौं जिल्ला सचिव हुँदै आठौं महाधिवेशनमा अत्याधिक मतका साथ सचिव पदमा विजयी भएका थिए । लामो समय महाधिवेशन नहुँदा केन्द्रीय समितिमा महाधिवेशनको पक्षमा दबाब बढाउन कार्कीले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि भएका सबैजसो आन्दोलनमा अग्रमोर्चामा देखिने कार्की राजनीतिक बिटमा कलम चलाउँदै आएका छन् ।
उनी पछिल्लो समय रिर्पोटीङमा भन्दा बढि समाचार डेक्समा कार्यरत छन् । हिमालय टाइम्स दैनिक, गोर्खा एफएम, एभिन्यूज टेलिभिजन, राजधानी दैनिक, न्यूज ट्वान्टी फोर टेलिभिजन, माउण्टेन टेलिभिजन, देशान्तर साप्ताहिक लगायत दर्जनौ साप्ताहिक पत्रपत्रिकामा काम गरिसकेका छन् । उनी लामो समय महाधिवेशन नहुँदा महाधिवेशन गराएर महाचिव बन्ने तयारीमा लागेका थिए । उनी नेपाल प्रेस युनियनको महाधिवेशन गराउने र महासचिव बन्ने तयारीमा लागेका कारण नेपाल पत्रकार महासंघमा समेत कुनै दाबी गरेनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar