२०८१ बैशाख १४, शुक्रबार
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०६२/६३ को जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले पढेको वक्तव्य आफूले ड्राफ्ट गरेको दाबी गरेका छन्।
माओवादीको राजासँग कार्यगत एकता रहेको बताउँदै उनले यस्तो जिकिर गरेका हुन्। उनले भने, ‘२०६३ वैशाख ११ गते ज्ञानेन्द्रले सर्वदलीय सहमतिमा पार्टीले तयार पारेको ड्राफ्ट पढेका थिए। त्यो एमालेको पार्टी कार्यालय वल्खुको अघि चौरमा रुद्राक्षको बोटमुनि बसेर मैले ड्राफ्ट गरेको थिएँ। ज्ञानेन्द्रले पढेका त्यहिँ थिए। दुईटा कुरा गरिएको थियो – एउटा मैले भंग गरेको संसद् पुनःस्थापना गरिएको छ। अर्को बहुदलीय व्यवस्था जनताको नासो जनतालाई फर्काइदिएको छु। अथवा विगठित संसदको पुनःस्थापना गरिएको छ।’
उनले माओवादीले जनयुद्ध गर्नुको उद्देश्य अर्कै रहेको बताए। छोटो बाटोबाट सत्तामा पुग्ने र आफ्नै भलाई गर्न गरिएको उनको भनाइ छ। उनले थपे, ‘माओवादीको राजतन्त्रसँग कार्यगत एकता थियो। कम्युनिष्टसँग मुख्य शत्रुता थियो।’ उनले आफूले बोलेका कुराको कुम हल्लाउँदै जवाफ दिने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कटाक्ष गरेका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar