२०७९ श्रावण २३, सोमबार
काठमाडौं – काठमाडौं उपत्यकाका अधिकांश स्थानमा रहेका खानेपानिको श्रोतमा हैजा सार्ने जिवाणु फेला परेको छ ।
काठमाडौं उपत्यकाका धारा र इनारको पानी, ट्याङ्करबाट वितरण गरिने र जारको पानीको नमुना परिक्षण गर्दा उक्त पानिहरुमा इकोलाई र कोलिफर्म देखिएको हो । इकोलाई मानिसको दिसामा हुने जीवाणु हो । यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ । पाटन अस्पतालका मेडिकल विभागका प्रमुख तथा पेट रोग विशेषज्ञ डा. युवराज शर्मा काठमाडौं उपत्यकाको पानीका स्रोतहरुमा हैजाका जीवाणु रहेको बताउँछन् ।
‘ललितपुरमा १८ ठाउँमा पानीको नमुना परीक्षण गर्दा १२ वटामा कोलिफर्म देखियो । कोलिफर्म देखिनुको मतलब पानीमा दिसामा हुने जिवाणु मिसिरहेको छ भन्ने हो’, डा. शर्माले भने । हाल पाटन अस्पतालमा मात्रै झाडावान्ताका दैनिक २५ भन्दा बढी बिरामी आइरहेका छन् । डा. शर्माका अनुसार काठमाडौंमा लामो समयसम्म नउठाइएको फोहोरका कारण हैजा फैलाउने जीवाणु पानीमा मिसिन पुगेका हुन् । ‘पानी र खानपान दूषित हुँदा हैजाको संक्रमण हुने हो । अहिले काठमाडौंका विभिन्न स्रोतको पानी शुद्धीकरण भएका छैनन्’, डा. शर्माले भने, ‘जसले गर्दा उपत्यकामा झाडावान्ता सँगै हैजाका बिरामीका बढिरहेका छन् ।’
‘घरमा प्रयोग गरिने फिल्टर, क्लोरिन केहीमा मात्रामा पानी शुद्धीकरण हुन्छ । तर, पानी उमालेर सेवन गर्नु सबैभन्दा उत्तम उपाय हो’, डा. शर्माले भने । हैजा संक्रमितको संख्या १९ पुगेको छ । कागेश्वरी मनोहरा नगरपालिका – ६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि भएसँगै संक्रमतिको संख्या १९ पुगेको हो । हैजा संक्रमित हुनेमा १४ जना पुरुष र ५ जना महिला छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार १४ वर्षमुनिका तीन बालबालिकामा संक्रमण पुष्टि भइसकेको छ । इडीसीडीका अनुसार कागेश्वरी मनोहरामा तीन जना, बागबजार र कालीमाटीमा दुई – दुई जना हैजाका बिरामी भेटिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar