२०७९ श्रावण २३, सोमबार
नयाँ दिल्ली – शनिबार आन्तरिक उडानका लागि भारतको राजधानी नयाँ दिल्लीबाट जबालपुरका लागि छुटेको केही छिनमा विमानभित्र धुवाँ भरिएपछि भारतीय स्पाइस जेटको विमानलाई नयाँ दिल्लीमा आकस्मिक अवतरण गराइएको छ।
विमानमा रहेका सबै यात्रुहरूलाई विमानबाट सकुशल उद्धार गरिएको छ। विमानले पाँच हजार फिटमाथि उडिरहेका समय विमानको केविनमा धुँवा भरिएको चालकदलका सदस्यलाई थाहा भएको र विमानलाई आकस्मिक अवतरण गरिएको विमान कम्पनीले ट्वीटरमार्फत् जानकारी गराएको छ। केविनमा धुँवा भरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
विमानमा कति यात्रु थिए भन्नेबारे कम्पनीले जानकारी गराएको छैन तर विमान ‘सकुशल’ अवतरण गराइएको र यात्रुहरूलाई तत्काल अर्को उडानमार्फत् गन्तब्यमा पठाइएको उल्लेख गरिएको छ। यसै वर्षको जुनमा पनि भारतको पटनाबाट नयाँ दिल्लीका लागि १८५ यात्रुसहित उडेको स्पाइस जेटको विमानको इन्जिनमा आगलागी भएपछि आकस्मिक अवतरण गराई यात्रुहरूलाई सुरक्षित विमानबाट निकालिएको थियो।
मे महिनामा भारतमा नै अर्को एक विमानको ‘सफ्टवेयरमा आक्रमण गर्ने’ प्रयास भएको भन्दै निम्न भाडादर भएको स्पाइसजेट कम्पनीका विमानहरूको उडान अवरूद्ध भएको र यसका कारण हजारौँ हवाई यात्रुहरू विमानस्थलमा अलपत्र परेका थिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar