२०८१ बैशाख १४, शुक्रबार
ललितपुर – पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत चिकित्सक डा. कुलबहादुर घिसिङमाथी मुक्का प्रहार गर्ने अराजक ट्राफिक प्रहरी निलम्बित भएका छन् ।
गत आईतबार, ललितपुरको एकान्तकुनामा पैदल हिँडिरहेका चिकित्सक डा.घिसिङमाथी मुक्का प्रहार गर्ने ट्राफिक जवान राजेन्द्र थापा निलम्बनमा परेका हुन् ।जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले पुष्टि गरे । उनीमाथी डिउटीमा हुँदा अराजक व्यवहार गरेको आरोप छ ।
चिकित्सक डा.घिसिङलाई उनले आईतबार राति घर फर्किँदै गर्दा चेकिङमा रहेका थापाले ‘किन ढेसिएर हिँडेको’ भन्दै निहुँ खोजेर कुटपिट गरेका थिए । प्रहरी जवान र चिकित्सकको बिचमा सहमति नभएपछि निलम्बन गरेर थप अनुसन्धान अघि बढाइएको एसपी शर्माले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar