काठमाण्डौ – धादिङमा अत्यधिक धुँवा, धुलो र ध्वनी प्रदुषण गर्ने युनाइटेड सिमेन्ट्स उद्योगले ललितपुर लेलेका विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ ।
आईतबार, उद्योगले महादेवखोला, लेलेका सरकारी तथा निजी विद्यालयका ७३ जना विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको हो । महादेव युवा क्लबका अध्यक्ष अर्जुन लामाको अध्यक्षतामा गरिएको स्कुल ड्रेस वितरण कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरिकुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका थिए । कार्यक्रममा एसएम रोडा ढुंगा उद्योगको पनि सहकार्य रहेको उद्योगले जानकारी दिएको छ ।
युनाइटेड सिमेन्ट्सले विगतदेखि नै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको दावी गरेपनि धादिङमा संचालित सिमेन्ट उद्योगले भने अत्यधिक धुँवा, धुलो र ध्वनी प्रदुषण गरी स्थानियलाई बसाँई नै सर्नुपर्ने बाध्यतामा पुर्र्याएको छ ।
युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar