• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १८, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता

५ घण्टा अघि
२

गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह

६ घण्टा अघि
३

वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

१ दिन अघि
४

आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै

१ दिन अघि
५

काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

१ दिन अघि
६

क्रसर उद्योगमाथि अदालतको अकुंश

१ दिन अघि
७

ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग

१ दिन अघि
८

धादिङमा बस दुर्घटना : ३१ घाइते

१ दिन अघि
९

बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो

१ दिन अघि
१०

प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत

१ दिन अघि
११

आइएमई पे एपमा क्यासब्याक अफर

२ दिन अघि
१२

लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    १ महिना अघि
  • bagmati with pande २

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    १ दिन अघि
  • khunraj sir ३

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • rajendra sir photo ४

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ५

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • united cement dhulo ६

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ७

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ८

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • mal ९

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    १ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • एकान्तकुनामा यसरी बिक्री गरिन्छ लाइसेन्स

    न्युज डेस्कप्रकाशित मिति: २०७९ अषाढ ९, बिहिबार (१ हफ्ता अघि)
  • ४५१ पाठक संख्या
  • e scooter with licence

    काठमाण्डौ – डिजिटल प्रणालीबाट सेवा सहज भयो। तर यसको दुरुयोग भने डर लाग्दो छ। बिचौलीया र कर्मचारीले यो प्रणालीको हदैसम्म दुरुपयोग गरेर मालामाल बन्न सक्छ। सेवाग्राहीको व्यक्तिगत विवरण सिस्टमबाट मेटेर अर्कैको बनाइदिन पनि सक्छ। यस्तै जघन्य अपराध भएको छ, यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरमा।

    यहाँका कर्मचारीहरु बिचौलियासँग सेटिङ मिलाएर अख्तियारीको दुरुपयोग मात्रै गरेका छैनन्, विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका ५३३ जनाको नाममा जारी भएको सवारी चालक अनुमतिपत्र चोरबाटोबाट नयाँ व्यक्तिको नाममा पुनः जारी गरेको खुलेको छ।

    यसरी बिक्री भयो लाइसेन्स

    यातायात व्यवस्था कार्यालय एकान्तकुनाका सूचना अधिकारी कपिल सिलवालका अनुसार हामीले इडीएलआरएस-भीआरएस स्टिम प्रयोग गर्छौं। त्यसमा एडिट एप्लिकेन्ट भन्ने टुल छ। यो विधि प्रयोग गरेर लाइसेन्सबाहक (चालकअनुमतिपत्र लिएका व्यक्ति)को सम्पूर्ण विवरण परिवर्तन गर्न सकिन्छ। त्यो टुल्स किन राखिएको हो भने, कहिलेकाहीँ चालक अनुमतिपत्र बाहकको नाम, ठेगाना, थर, केही विषय, विवरण गलत भयो भने सच्याउनका लागि राखिएको हो। यो टुलस्को दुरुपयोग गरेर एउटा व्यक्तिको नाममा रहेको लाइसेन्सलाई अर्कै व्यक्तिको फोटो, सिग्नेचर, औंठा छापसम्म परिवर्तन गरि अर्कै नामको व्यक्तिको नाममा कायम गरेको छ।

    यातायात व्यवस्था सेवा कार्यालय एकान्तकुनाले यो सिस्टम २०७३ साल मंसिरदेखि लागू गरेको थियो। सूचना अधिकारी सिलवाल भन्छन्, ‘सिस्टमको दुरुपयोग गरेर पाँच सय ३३ वटा लाइसेन्स जारी भएको अख्यिारको छानविनमा आएको छ। छानविनमा नआएको अरु थुप्रै कति होला। यो प्रणालीमा अत्यन्तै लुपहोल (चोरबाटो) छन्। र, इडीएलआरएस-भीआरएस कमजोर प्रणाली पनि हो।’

    प्रमुखसहित १७ विरुद्ध मुद्दा

    लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, एकान्तकुना, ललितपुरका तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मा, मेकानिकल इन्जिनियर विजयराज गिरीसमेत गरी १२ जना कर्मचारी र ५ जना बिचौलिया गरी १७ जना बिरुद्ध अख्यियार विशेष अदालतमा मुद्दा हालेको छ।

    अनि घुस खाने बाटो फेरियो

    अब पहिलाजस्तो सरकारी अड्डामा हाँकाहाँकी घुस चल्दैन। सबै ठाउँमा सीसी क्यामरा जडान छ। अनि सेवाग्राहीको हातमा क्यामरा भएको मोबाइल छ। कर्मचारीहरु कार्यालयमा घुस लिन डराउँछन्।  लाइसेन्सको ट्रायल दिने ठाउँमा पनि सीसी क्यामरा झुण्डियाइएको छ। घुस खाएर फेल गरेकालाई पास गर्नु कसैले हिम्मत गर्दैन। यातायात कार्यालयमा काम गरिरहेका एक वरिष्ठ अधिकृत सुनाउँछन्, कमाई खाने भाँडो सुक्यो। न कमाई पेट नमान्ने भयो। अनि कर्मचारीले बिचौलियासँग सेटिङ मिलाए- सिस्टम दुरुपयोग गरौं। हाम्रो सबै सवारी साधन र चालक अनुमतिको विवरण इडीएलआरएस-भीआरएस प्रणालीमा इन्ट्री छ। केही विवरण गल्ती भयो भने सच्याउने सुविधा पनि यसमा छ। यसको फाइदा उठाउँदै कर्मचारीले बिचौलियासँग मिलेर अर्काको नाममा जारी रहेको लाइसेन्सका विवरण मेटाउँदै नयाँ व्यक्तिको विवरण राखेर चालक अनुमतिपत्र जारी गरेको यसैको करामत हो।

    दुरुपयोगको हद

    अड्डाका ढड्डा च्यातिए। किराधमिराले खाए। कति हराए। भिडभाडको अड्डामा सेवाग्राही हैरानी हुन थाल्यो। अभिलेख नभेटाएर कामै नहुने भयो। अनि सरकारले अनलाइन प्रणाली ल्यायो। सिस्टम बनाएर सबै कागजात सर्भरमा राख्ने काम भयो। तर, कर्मचारीले बिचौलियासँग मिलेर डिजिटल प्रणालीको पनि चरम दुरुपयोग गरेका छन्।

    पाँच वर्षभित्र नवीकरण नगराएर चालक अनुमतिपत्र स्वतः रद्द हुन्छ। तर यस्ता लाइसेन्सहरुलाई पनि दलालहरुसँगको लेनदेनमा कर्मचारीहरु पुनः अर्को व्यक्तिको नाममा जारी गर्नु पछाडि ठूलो खेल छ।

    ‘अब पहिलाजस्तो पैसा दिएर ट्रायलमा ठेलुवा पास हुँदैन। ट्रायल पास गर्नेको हातमा मात्रै लाइसेन्स पर्छ,’ यातायात विभागमा काम गर्ने एक कर्मचारी भन्छन्, ‘ युवाहरुले फयाट्टै पास गर्छन्। बुढापाखाहरु गर्न सक्दैन। लाइसेन्स विना ट्राफिकले बाटोमा गाडी गुडाउन दिँदैनन्। अनि त्यस्ता व्यक्तिहरु बिचौलियामार्फत् लाइसेन्स लिन्छन्।’ कमाउन विदेश जानेहरु पनि छिटोका लागि दलालकै भर पर्ने गरेको उनले सुनाए।

    बिचौलिया मालामाल

    चोरबाटोबाट लाइसेन्स बनाउन कति खर्च लिन्छ बिचौलियामार्फत् कर्मचारीले भन्ने प्रश्नमा उनले भने, ‘ घुसको कुनै रेट हुँदैन।’  उनका अनुसार पहिला बिचौलियाले २५-३० हजार दिएर काम गराउँछन्। यो अवस्था दलाललाई कमाई निकै थोरै हुन्छ। तर कमाउने बाटो बनिहेको हुन्छ। मनग्य पैसा पाएर कर्मचारी हैसिएर एक, दुई पटक काम गर्छ। चरा फाल्दै जसरी सिकारीले चरालाई जालमा फसाउँछ, त्यसैगरी बिचौलियाले कर्मचारीलाई फसाउँछन्। अनि २५-३५ हजार दिएर काम गराएको ठाउँमा घटाउँदै गएर ५ सयमा झार्छ। उता बिचौलियाले मनग्य माल कमाउँछ। काम गरेन भने बिचौलियाले कर्मचारीलाई थर्काउँछ, ‘काम गर्नु भएन भने अख्तियारमा मुद्दा हालिदिन्छु। कर्मचारी डराएर खुरुखुरु काम गरेर बिचौलियालाई पठाउँछ।’

    सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती

    देशको सबैभन्दा बढी सेवाग्राही पुग्ने अड्डा हो- ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय। जहाँ बाटैबाट बिचौगियाले सेवाग्राहीलाई घेर्छ। झुक्याएर काम गराइदिने नाममा लुट्छन्।

    टोकन लिएर लाइन बसेका सेवाग्राहीले वर्षदिनसम्म पनि लाइसेन्स पाउँदैन। तर बिचौलियामार्फत् जाँदा चाँडै लाइसेन्स बन्ने गरेको सेवाग्राहीहरु बताउँछन्। यातायात कार्यालय वरिपरि करिब ३ सय बढी बिचौलियाहरु छन्। कर्मचारीसँग सेटिङ मिलाएर दलालहरुले चोर बाटोबाट काम गराउँछन्। यसरी यातायात कार्यालय दलालको कब्जामा परेको सेवाग्राही बताउँछन्।

    बागमती प्रदेशअन्तर्गतको यो कार्यालय बिचौलियाले चलाइरहेका छन्। त्यसको मारमा सोझासाझा सेवाग्राही परेका छन्। ट्रक, बस, टिपरको लाइसेन्स बनाइदिने भन्दै सेवाग्राहीसँग १ लाख २० हजारसम्म लिने गरेका छन्। बिचौलियाहरु ‘भित्र नजानुस्, कामै हुँदैन,’ भन्छन्। सेवाग्राहीको आत्मबल कमजोर बनाउँछन्।

    नुवाकोटको नवराज चालिसे भन्छन्, ‘टोकन लिनेहरु पालो कुरेर बस्छन्। बिचौलियाले चोरबाटोबाट आफ्नो फाइल कर्मचारीको टेबलमा पुर्‍याएर काम गराउँछन्। कर्मचारीहरु दलालबाट घुस खान पल्केका छन्। त्यस्तालाई कसले छेक्ने?’

    ‘लाइसेन्स बनाउन मैले कतिलाई ‘बैनामा’ पाँच सय दिए। तर लाइसेन्स बनेको छैन। जोड्दा १० हजार जति बैनामै गयो होला। सबै ठगेर भाग्छन्,’ बिचौलीबाट ठगिएकाहरु एक युवा फतफताउँदै थिए। गाडीको बुलबुक रिन्यू गर्न इलामबाट त्यहाँ पुगेका इन्द्र कुमार राई भन्छन्, ‘ बिचौलियाले बाटैमा सेवाग्राहीलाई झुक्याउँछ।’ यहाँ उनीहरुकै राज्य चल्ने गरेको सुनाए।

    काम लिएर आएका पुगेका ललितपुरका ५२ वर्षीय श्याम डंगोलको अनुभुति उस्तै छ। ‘सरकारी कार्यालयको बेथिति कहिलेसम्म हामीले भोग्ने?,’ उनी प्रश्न गर्छन्।

    यातायातले यात्रा सजिलो भएको छ। तर गाडी गुडाउन लाइसेन्स चाहिन्छ। त्यो कागज लिन र रिन्यू गराउन सेवाग्राहीले ठूलै संघर्ष गर्नु पर्ने रसुवाका पासाङ्ग दिनडुय तामाङ्ग भन्छन्।

  • subhayug
  • एकान्तकुना
  • कर्मचारी
  • डिजिटल प्रणाली
  • बिचौलीया
  • यातायात व्यवस्था कार्यालय
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता

  • गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह

  • वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

  • आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै


  • समाचार
  • १

    पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता
    ५ घण्टा अघि

  • २

    गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह
    ६ घण्टा अघि

  • ३

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका
    १ दिन अघि

  • ४

    आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै
    १ दिन अघि

  • ५

    काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध
    १ दिन अघि

  • ६

    क्रसर उद्योगमाथि अदालतको अकुंश
    १ दिन अघि

  • ७

    ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग
    १ दिन अघि

  • ८

    धादिङमा बस दुर्घटना : ३१ घाइते
    १ दिन अघि

  • ९

    बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो
    १ दिन अघि

  • १०

    प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    १ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution