• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ १८, शनिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता

६ घण्टा अघि
२

गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह

६ घण्टा अघि
३

वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

१ दिन अघि
४

आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै

१ दिन अघि
५

काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध

१ दिन अघि
६

क्रसर उद्योगमाथि अदालतको अकुंश

१ दिन अघि
७

ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग

१ दिन अघि
८

धादिङमा बस दुर्घटना : ३१ घाइते

१ दिन अघि
९

बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो

१ दिन अघि
१०

प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत

१ दिन अघि
११

आइएमई पे एपमा क्यासब्याक अफर

२ दिन अघि
१२

लामो समयपछी वामदेवले बालकोटमा यसरी बिताए तिन घण्टा

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • siddhalek gathabandhan break १

    गठबन्धन तोडेर गाँउ कार्यपालिकामा समाजवादी र एमालेको तालमेल

    १ महिना अघि
  • bagmati with pande २

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    १ दिन अघि
  • khunraj sir ३

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • rajendra sir photo ४

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ५

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    १ हफ्ता अघि
  • united cement dhulo ६

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ७

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ८

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • mal ९

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    १ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    ३ हफ्ता अघि
  • निलम्बित प्रधान्यायाधीश चोलेन्द्रको नाम लिएर अदालत परिषरमै खुल्लेआम घुस वार्ता

    न्युज डेस्कप्रकाशित मिति: २०७९ अषाढ ८, बुधबार (१ हफ्ता अघि)
  • ४२५ पाठक संख्या
  • kp oli and rudra

    काठमाण्डौ – निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेरको नाम लिएर काठमाण्डौ जिल्ला अदालत परिषरमै खुल्लेआम घुस वार्ता भएको पाइएको छ ।

    पछिल्लो समय विभिन्न संचारमाध्यमहरुमा काठमाण्डौ जिल्ला अदालत परिषरमै खुल्लेआम घुस वार्ता हुने गरेको समाचारहरु प्रकाशन प्रशारण भैरहँदा उक्त वार्ताको अडियो नै सार्वजनिक भएको छ । प्राप्त अडियोमा जबराको नाम लिँदै नेपाल बार एशोशियशनका निवर्तमान कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाबीच टेलिफोन वार्ता भएको छ ।

    सर्वसाधरणको ७ अर्बभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीद्वारा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष ईच्छाराज तामाङ र उनका मामा ससुरा केशवलाल श्रेष्ठलाई मुद्दा चलाएको थियो । तामाङ र श्रेष्ठलाई धरौटीमा छाड्ने विषयमा निलम्बित प्रधान्यायधीश जबरालाई समेत सेटिङ मिलाएको प्राप्त अडियोमा सुन्न सकिन्छ । उक्त अडियो न्युज २४ टेलिभिजनले सार्वजनिक गरेको हो ।

    यसअघि वार एशोशिएशनको कोषाध्यक्ष रहेका पोखरेल निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा आन्दोलनमा उत्रिएका थिए । नेपाल बार एशोशिएशनले जबरालाई महाअभियोग लगाउन माग गर्दै गरेको लामो आन्दोलन विरुद्ध पोखरेल परिचालित भएका थिए । बारको आन्दोलन दबाउन उनले प्रशासन देखि ‘कोट’ वितरण गर्नेसम्मको हर्कत गरेका थिए । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीका अति निकट रहेका पोखरेल एमाले तर्फबाटै बारको कोषाध्यक्ष बन्न सफल भएका थिए ।

    यस्तो छ वार्ता :

    इच्छाराज तामाङ समेतलाई जेलबाट धरौटीमा छुटाउन वकिल रुद्र प्रसाद पोख्रेल र जिल्ला न्यायाधिस राजकुमार कोइराला बिचको सेटिङ (बोली बुझे अनुसारको ड्राफ्ट)

    न्यायाधिस – रुद्रजी !

    रुद्र प्रसाद पोख्रेल – प्रधानन्यायाधिशबाट १ नम्बर र तपाईं दुइटैलाई म खबर गर्न लगाइदिन्छु ।

    न्यायाधिस  – प्रधानन्यायाधिसलाई ?

    रुद्र प्रसाद पोख्रेल – प्रधानन्यायाधिशबाट १ नम्बरलाई खबर गर्न लगाइदिन्छु । हजुरलाई पनि खबर गर्न लगाइदिन्छु ।

    न्यायाधिस – ………..

    रुद्र प्रसाद पोख्रेल – हजुरले गर्दै नगर्ने भये त म बेकरमा किन बचन खेर फाल्न किन जाने त, भन्नु न ! गर्दै गर्दिन भन्ने हो भने ……..

    न्यायाधिस  –  सुन्नुहोस न, सुन्नुहोस न । —– डराये ।

    रुद्र प्रसाद पोख्रेल –  हत्तेरिका तपाईं डराउनु पर्दैन, किन डराएको, यस्तो मौका कहिले आउछ ! अनी किन ? अरु मान्छे कत्रो गरेर बसेका छन ।

    न्यायाधिस – त्यो हो कि हुनलाई, तर के भनेदेखी त्यो अब …………(डराएर )

    रुद्र प्रसाद पोख्रेल –  तपाईंले यो छोड्नु भयो भने तपाईंले तामाङको साम्राज्य पनि सकिन्छ, डिपोजिटकर्ता पनि सकिन्छन । यो मुद्दा अभियोग पत्र लगेर हेर्दा कुनचाही माइकालालले पैसा खाएर यती गर्‍यो भन्ने खालको छ ? अभियोग पत्रनै त्यस्तो बनाएर ल्याएको छ । सहकारी ऐन बमोजिमको कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अली अफ्ट्यारो हुन्थ्यो । किनकी त्यहा त ऐनका सबै कुराहरु थिए । के के थे , ठगी त केही गरे ठहरिदैन ! नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?

    न्यायाधिस – (हाँसो, ह ह ह ह)  त्यो त हो कि, हुनलाई । त्यो कुरामा म कन्भिन्स छु । तर कुरा के भनेदेखी…….रोएर………!

    रुद्र प्रसाद पोख्रेल – त्यस्तो क्या हजुर, त्यो मध्यका केही मान्छे मेरो घरमा आइसके । अफिसमा पनि आइसके । तलाई हामी ठीक गर्छौ भनी सके । बहसनै गर्न सक्नेलाई पनि नभन्ने भन्ने हुन्न । त्यो मध्ये राम प्रसाद श्रेष्ठ भन्ने मेरो क्लाइन्ट रहेछ । रिसाउदै आएका थिए । त्यसको १० करोड कि १२ करोड रहेछ । तपाईं त इमान्दार राम्रो वकिल भनेको त तामाङको पक्षमा त्यस्तो बहस गर्नु भयो तपाईंले भन्दै आएका थिए । अनी मैले …….. !

    न्यायाधिस – हिजो डिल्ली प्रसाद भट्टराई भन्ने आठराईको हो ।……… ! वकिललाई त्यसो भन्नु हुन्छ ? वहाँको पेसा हो, धर्म हो भने । हत त्यस्तो भन्नु हुन्न भने । त्यस्तो भन्छन !

    रुद्र प्रसाद पोख्रेल – भन्छन के , यस्तो के ! मैले त सुरु देखिनै हजुरलाई भनेको थिए ।

    न्यायाधिस – सुन्नु न त , जाहेरवालाको वकिल केशव बराल के रे !

    रुद्र प्रसाद पोख्रेल –  होइन, रमेश बडाल ।

    न्यायाधिस – को रे ! रमेश बडाल बहस गर्न आउने रे ?

    रुद्र प्रसाद पोख्रेल –  बहस त गर्न पाइयोनि त हजुर !

    न्यायाधिस – आज दिनभरी लागि हाल्छ । आज भोली हुन सक्तैन । त्यसले गर्दा फेरी, सुन्नुस न , बर्बाद हुन्छ नि त !

    रुद्र प्रसाद पोख्रेल –  केही हुँदैन । केही हुन्न !

    न्यायाधिस – हँ !

    रुद्र प्रसाद पोख्रेल – म माथि गराउछु । माथिबाट संकेत् आएन भने नगरिस्यो हगी । माथिबाट म गराउछु । अनी लिने कुरापनी म लिन्छु । अली राम्रै ढङ्गैले लिउ । यो अबसर सधैं आउँदैन, हेरिस्यो हगी । फेरी ठाउँ भएको ठाउँ छ । ठाउँ नभएको भये हजुर के भन्या तैले भन्नु हुन्थ्यो । मैले चाँही । अब हजुरले त सुरु देखिनै अली अली मानसिकता बनाएको । मैले बरु ।

    न्यायाधिस  – प्रधानन्यायाधिसले भन्छन त ? प्रधानन्यायाधिसले उनलाई !

    रुद्र प्रसाद पोख्रेल – भन्छन, म भनाउछु । लु मैले अब भन्न लगाये । अब बाँकी कुरा गर्नु न तपाईं । आज चिया समयमा तपाईंलाई उसले संकेत गर्छ ।

    न्यायाधिस – ल हेर्नु न ! (खितितिती हाँसो) ।

    रुद्र प्रसाद पोख्रेल –  ल हेरौन होइन ! मैले त्यती गरीसकेपछी हजुरले फेरी नाइ भने ?

    न्यायाधिस – आज हुँदैन । भोली हुन्छ भने पछी, आज मुद्दा रोकिने कुरा छैन । हैन …. !

    रुद्र प्रसाद पोख्रेल – सामान पनि ल्याओ भन्नु पर्‍यो । उ गर्नु पर्‍यो । त्यत्तिकै फोगटिया त किन गर्ने फेरी । समयनै छैन नि त । हैन किन उ गरिस्या भन्या । सबै कुरा गरिसकेपछी यस्तो बेलामा उ गर्नु हुन्न, सबै कुरा म गरिहाल्छु । बाहिर, माथि पनि म भनाउछु । सामान पनि म लिन्छु । त्यो भन्दा बहिर अन्त कही एस्पोज हुँदैन । केही हुँदैन, डाइरेक्ट डिल गर्छु मैले । यिनिहरुका सबै च्यानल हावा खाए । खासैमा दरो सँग यिनिहरु जान सकेनन ।

    न्यायाधिस – धरौटी माग्छन नि, कती माग्ने ? कती भन्नु त !

    रुद्र प्रसाद पोख्रेल – एउटा रिजनेबल भन्ने नि ।

    न्यायाधिस – कती माग्ने त ?

    रुद्र प्रसाद पोख्रेल –  १० करोडको हाराहरिमा माग्नु नि !

    न्यायाधिस – कती, १० करोड ! हा हा हा हा । ठीक छ, हुन्छ । अब अफ्ट्यारो पर्‍यो भने हजुर ………!

    रुद्र प्रसाद पोख्रेल –  पर्दैन, पर्दैन । सधैं यस्तो आउदैन । अरु बेला गर्ने, यस्तो बेलामा एक दुई वटा सिद्धान्त छाट्ने, गर्ने । जाहेरकर्ताको हित भन्ने । पासपोर्ट रोक्ने । कुन्नी के के गर्ने । एक दुई वटा, एक दुइवटा आइडिया निकालौला नि हजुर ।

    न्यायाधिस – अँ …….!  (हाँसो)

    रुद्र प्रसाद पोख्रेल – त्यो गरौ , यता तिर झ्याप्र्याक्कै २ जती लिउ न !

    न्यायाधिस – अँ ! …..  (हाँसो)

    रुद्र प्रसाद पोख्रेल – माथिबाट हुन्छ । तपाईं, ए राम प्रसाद सर । अहिले गएर मैले गएर नमस्ते गरेर मैले मेरो यती काम तैले गर्नु पर्छ भन्दा गरेन भने त यो जती खुद्रगत को हुन्छ त ? पैसा खाएर चाँही लाल काजीको बारेमा उहिलेदेखी यात्रो गरिरहेको छ, हैन त !

    न्यायाधिस – उनिहरुले गर्ने ?

    रुद्र प्रसाद पोख्रेल – उनिहरुले त गर्ने नि !

    न्यायाधिस –  ए अँ !

    वकिल  – होइन, अब मैले यो यो कारणले तैले गर्नु पर्छ भन्दा किन नगर्ने ? फेरी गर्न नहुने चिज भये हुने । यो त उही लिगल्ली तपाईं कन्भिन्स भएको, खाली मिडियाले के गर्लाकी, कस्ले के गर्लाकी भनेर न हो ।

    न्यायाधिस – मिडियाले फेरी नारा जुलुस गर्लान कि ?

    रुद्र प्रसाद पोख्रेल – केही गर्दैनन । त्यो केही गर्दैनन । नारा जुलुस केही गर्दैनन । माथि जान्छ । माथिबाट उ पनि भएर आउछ । माथिबाट तपाईंको आदेश सदर गर्ने सम्पूर्ण जिम्मा मेरो । तपाईं किन आतिएको ? हो त ?

    न्यायाधिस – त्यही त ।

    रुद्र प्रसाद पोख्रेल –  पहिला पास हुँदैन होला कि भन्ने थियो । मुद्दा सबै हेरी सकेपछी यो त तपाईंले सक्नु भएन भने माथिकाले सक्छन । बेकारमा अर्काका छोराछोरी उ गरेको किन गर्नुहुन्छ ? तपाईं आफ्नै गरुन ।

    न्यायाधिस – त्यो त होकी । ठिकैछ । माथिबाट भन्नु न ।

    रुद्र प्रसाद पोख्रेल –  ठीक छ, म भन्न लगाउछु । माथिबाट भन्न लगाउछु । पैसा म बेलुका समाती सक्छु ।

    न्यायाधिस – ठिकैछ । बुझेँ त । १० करोड भन्दा धरोउटी ५० करोड माग्नु पर्छ कि ?

    रुद्र प्रसाद पोख्रेल –  ५० करोड भन्दा त यसै यसै थुने भइगयोनी त्यसलाई । हा हा हा हा ।

    न्यायाधिस – १० करोड भनेको १० करोडै हुन्छ त भन्या ?

    रुद्र प्रसाद पोख्रेल –  १० करोड भन्या सानो पैसा होइन ।

    न्यायाधिस – सुन्नु न, पत्रीकामा आउछ कि ? डर लाग्छ । जागिर जान्छकी भन्ने डर लाग्छ ।

    रुद्र प्रसाद पोख्रेल –  कसरी खान्छ जागिर ? उच्चमा सरकारी वकिल जान्छ । सदर गराएर ल्याउने मेरो काम हो । अनी कसरी जागिर खान्छ ?

    न्यायाधिस – सदर भएन भने ? बदर भयो भने ? पत्रीकामा आयो भने ?

    रुद्र प्रसाद पोख्रेल –  कस्तो कुरा गरिस्या होला ? पत्रीकामा आएकै आधारमा गर्ने हो भने त हजुर जस्तो न्यायाधिस भएको के काम ? यो पत्रीकामा आउने, यो उ गर्ने हो भने त त्यसै तारिखमा छोड्नु पर्ने मान्छे छ । इस्स्युका आधारमा त तारिखमै छोड्नु पर्ने ।

    न्यायाधिस – हा हा हा हा । ———–

    रुद्र प्रसाद पोख्रेल –  हैन, हैन । हजुरले साह्रै खुट्टा कमाउने, टेक्तै टेक्तिन भन्ने हो भने त नगरौ कुरा । हैन माथिबाट कुरा आउदा पनि —–

    न्यायाधिस – भोली पत्रीकामा आएर छ्याल्ल ब्याल्ल भएर के भयो भनेदेखी ? ——-

    रुद्र प्रसाद पोख्रेल –  एउटा त्यसोभये किन बेकारमा गोला तान्ने त ? त्यो अर्काकोमै परेको भये हुन्थ्यो ।

    न्यायाधिस – तान्दा खेरी परेको क्या । हा हा हा हा ।

    रुद्र प्रसाद पोख्रेल –  यत्रो यो एक डेढ महिनाको टेन्सन । बेकारको झर्को किन उ गरीराख्या त ? अब ठाउँ नभएको भये एउटा कुरा हुन्थ्यो क्या ?

    न्यायाधिस – बुढी मान्छेको त, उ गर्दा त, मान्छेको त ———-

    रुद्र प्रसाद पोख्रेल –  उनिहरुको पक्षमा पनि दुई चार वटा कुरा लेखौलानी हजुर । बिदेश जान नपाउने, पासपोर्ट उ गर्ने, उसमा बस्नु पर्ने भन्ने । के के हुन्छ । मलाई पनि सबै के थाहा हुन्छ र ? हजुरलाई सबै आइडिया छ नि ।

    न्यायाधिस – मैले सल्लाह गर्छु नि त । हाम्रो गुरुज्यु सँग सोध्छु नि त ।

    रुद्र प्रसाद पोख्रेल – अब के गरु त ? प्रधानन्यायाधिस कहाँ टाइम लिउँ ?

    न्यायाधिस – अहिले ? भन्न त भन्छ ?

    रुद्र प्रसाद पोख्रेल –  सत प्रतिसत भन्छ ।

    न्यायाधिस – हो ?

    रुद्र प्रसाद पोख्रेल –  १ नम्बरलाई बोलाएर भनिदिन्छ ल ।

    न्यायाधिस – कसलाई ? १ नम्बरलाई बोलाएर, त्यही भन्या होइन त हजुरले ।

    रुद्र प्रसाद पोख्रेल – राजुलाई बोलाएर, भन्न लगाएर, राजुले तपाईंलाई भन्छ ।

    न्यायाधिस – ल भन्नु न त । जे गरौला गरौला ।

     

  • subhayug
  • काठमाण्डौ
  • घुस वार्ता
  • चोलेन्द्र शम्शेर जबरा
  • जिल्ला अदालत
  • नेपाल बार एशोशियशन
  • प्रधान्यायाधीश
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता

  • गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह

  • वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

  • आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै


  • समाचार
  • १

    पाँचथरमा पहिरोले घर बगायो तीन जना बेपत्ता
    ६ घण्टा अघि

  • २

    गजुरी चामबासका पहिरो पीडितद्धारा बस्ती सारिदिन सिडिओसमक्ष आग्रह
    ६ घण्टा अघि

  • ३

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका
    १ दिन अघि

  • ४

    आ.व सकिन १६ दिन बाँकी : पूँजीगत खर्च ४० प्रतिशत मात्रै
    १ दिन अघि

  • ५

    काठमाडौं महानगरभित्र भिक्षा माग्न निषेध
    १ दिन अघि

  • ६

    क्रसर उद्योगमाथि अदालतको अकुंश
    १ दिन अघि

  • ७

    ठेक्का रकम मिलेमतोमा मिनाहा : छानबिन गरी कारबाही गर्न मेयरको माग
    १ दिन अघि

  • ८

    धादिङमा बस दुर्घटना : ३१ घाइते
    १ दिन अघि

  • ९

    बागमतीमा कांग्रेस र माओवादीको धावा : मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर बटुलियो
    १ दिन अघि

  • १०

    प्रदेश सांसद खातुनको राजीनामा स्वीकृत
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    १ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    २

    अमेरिकाको टेक्सासमा बन्द लहरीभित्र ४० आप्रवासीको शव फेला

    subhayug
    ३

    अवतरण गर्ने क्रममा विमानमा आगो लाग्यो : तीन जना घाइते

    subhayug
    ४

    थामिएन अमेरिकी डलरको भाउ

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution