काठमाण्डौ – पेट्रोलियम पदार्थको मूल्य फेरि भारतबाट बढेर आएको छ।
इन्डियन आयल कर्पोरेसनले बिहीबार नेपाल आयल निगमलाई पठाएको सूचीअनुसार मूल्य बढेर आएको हो। भारतबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले बढेको छ। भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपालमा मूल्य बढेमा पेट्रोलको मूल्य २०९ रुपैयाँ प्रतिलिटर आसपास पुग्नेछ। यति गरेमा मात्रै निगमको घाटा रोकिनेछ।
निगमलाई बिहीबारदेखि पेट्रोलको खरिद मूल्य प्रतिलिटर २०९ रुपैयाँ २८ लाग्ने भएको छ। अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य १७८ रुपैयाँ तोकिएको छ। यस्तोमा निगमले पेट्रोलमा प्रतिलिटर ३१ रुपैयाँ २८ पैसा घाटा भोगिरहेको छ।
डिजेलको मूल्य पनि प्रतिलिटर भारतबाट १९ रुपैयाँ ३ पैसा बढेर आएको छ। नयाँ सूचीअनुसार बिहीबारदेखि डिजेलको खरिद मूल्य २ सय नाघेर २ सय २ पुगेको छ। अहिले नेपालमा निगमले डिजेल प्रतिलिटर १६५ रुपैयाँमा बेचिरहेको छ। निगमले डिजेलमा मात्रै प्रतिलिटर ३७ रुपैयाँ १६ पैसा घाटा भोगेको छ। हवाई इन्धनको मूल्य प्रतिलिटर १९ रुपैयाँ ९१ पैसाले बढेर आएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।
निगमले रुस-युक्रेन युद्ध जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कायम मूल्यमा बढोत्तरी भएको जनाएको छ। त्यही बमोजिम इण्डियन आयल कर्पोरेसनले फेरि बढेको मूल्यसूची निगमलाई पठाएको हो। भारतबाट बढेको सूची आएपछि अब निगममाथि अझै मूल्य बढाउन दबाब परेको छ। सरकारले १० रुपैयाँ कर घटाए पनि पेट्रोलियमको मूल्य लगत्तै त्यति नै दरमा बढाइसकेको छ।
इन्डियन आयलको नयाँ मूल्य सूची अनुसार खाना पकाउने ग्यासको खरिद मूल्य उत्ति नै छ। तर प्रतिसिलिन्डर १८ सय बिक्री रहेको एलपी ग्यासमा निगमले ७ सय ५१ रुपैयाँ १४ पैसा घाटा भोगिरहेको छ। निगमले बिहीबारदेखि आएको नयाँ मूल्यसूची बमोजिम अबका १५ दिनमा ४ अर्ब ८१ करोड घाटा हुनेछ। उता निगमको मासिक घाटा नै बढेर ९ अर्ब ६३ करोड पुग्ने प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar