हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्थानीय तहहरुमा विकृति बढेको बताएका छन्।
उनले आफ्नै मान्छेलाई बजेट दिनेदेखि डोजर चलाउनेसम्मका काम दिएर विकृति बढेको बताए। ‘विकास भनेको सडक निर्माणमात्रै होइन, जनताको जनजीवनमा परिवर्तन पनि हो। तर स्थानीय तयमा वडाध्यक्ष भिनाजु भएपछि भिनाजुले बजेट स्वीकृत गरिदिने, पैसा तोकिदिने र सालोले डोजर चलाउने काम भयो। अब त्यस्तो सुन्न नपर्ने बनाइदिनुस्,’ बागमती प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुसँग उनले भने।
उनले डोजर विकासभन्दा पनि जनताका लागि विशेष कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए। ‘बागमती प्रदेशमा ११२१ वडा छन्। सबै ठाउँमा दलित, महिला र विपन्नका लागि कार्यक्रम ल्याउनुस्। शिक्षा स्वास्थ्यको पहुँच बाहिर रहेका जनतालाई समेट्नुस्। विभेद् हटाउनुस्,’ उनले भने। उनले यस्ता विषयहरुमा जनप्रतिनिधिहरुको बढी भूमिका हुनुपर्ने बताए। उनले इगोका आधारमा कानुन नबनाउन सुझाव दिए। ‘स्थानीय तहमा कानुनी परामर्शका लागि कम्तिमा ब्याचलर गरेको व्यक्ति खटाउनुपर्छ,’ उनले भने। अन्नपुर्ण पोष्ट बाट ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar