२०८१ बैशाख १५, शनिबार
ललितपुर – ललितपुरको हात्तिवनस्थित लिट्टिल एञ्जल स्कुलको गेट नजिकै माइक्रोबस दुर्घटना भएको छ ।
आज शुक्रबार बिहान सातदोबाटोबाट हात्तिवनतर्फ जाँदै गरेको बा २ ख ४०२१ नं. को माइक्रोबस सडकमा रोकेर राखेको डेलिभरी भ्यानलाई ठक्कर दिएर सडकबाट तल खसेको हो ।
तीब्र गतिको माइक्रोबसले सडकमा रोकेर राखेको बाग्मती प्रदेश १ – ०२६ च ०५९३ नं. को डेलिभरी भ्यानलाई ठक्कर दिएर उछिट्टिदा सडकमुनि पुगेको स्थानियले बताएका छन् । दुर्घटनालगत्तै माइक्रोबसको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यद्धपी दुर्घटनमा कुनै मानवीय क्षति भने भएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar