• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

१ दिन अघि
२

आम्दानी बढाउँदै बिमा कम्पनी

१ दिन अघि
३

युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

१ दिन अघि
४

मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

१ दिन अघि
५

वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

१ दिन अघि
६

कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु

१ दिन अघि
७

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

१ दिन अघि
८

देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?

१ दिन अघि
९

शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?

१ दिन अघि
१०

कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता

३ दिन अघि
११

बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

५ दिन अघि
१२

आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • chunab dhading १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

    ५ दिन अघि
  • suravi shakya २

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    १ महिना अघि
  • 6 bichauliya ३

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    १ महिना अघि
  • oli mcc ४

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    ३ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ६

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    १ महिना अघि
  • bajet ७

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    ३ हफ्ता अघि
  • lalpurja ८

    डिएसपी पत्नीलाई नै अर्कैको जग्गा बेचेपछि

    ३ हफ्ता अघि
  • current photo ९

    करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    ३ हफ्ता अघि
  • nepali dampati १०

    महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ : करुणा कुँवर

    ३ हफ्ता अघि
  • केपी ओलीका कारण प्रधानन्यायाधीशमाथीको महाअभियोग प्रस्ताव अलपत्र

    न्युज डेस्कप्रकाशित मिति: २०७९ जेष्ठ २६, बिहिबार (२ महिना अघि)
  • ५३५ पाठक संख्या
  • oli with cholendra

    काठमाण्डौ – प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओलीले काखी च्यापेका कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध गत फागुन १ गते दर्ता भएको महाअभियोग प्रस्ताव तीन महिना बित्दासमेत संसदमा अलपत्र छ ।

    राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे ठोसरुपमा अझै प्रक्रिया नै सुरु हुनसकेको छैन । महाअभियोग दर्ता भएर महाअभियोग सिफारिस समितिसमेत गठन भइसकेको अवस्थामा राणामाथिको छानबिन शुुरु हुनुपर्नेमा ओलीका कारण रोकिएको हो । राणा ओलीकै आडमा बालुवाटार निवासमा छन् । राणाविरुद्ध सत्तारूढ गठबन्धनका ९८ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । संसदको अघिल्लो अधिवेशनमा महाभियोग छानबिनका लागि गत फागुन २२ गते ११ सदस्यीय छानविन समिति गठन गरिएको थियो ।

    समितिमा नेकपा एमालेबाट चारजना, कांग्रेसबाट दुईजना, माओवादीबाट दुईजना, नेकपा एकीकृत समाजवादीबाट एकजना, जसपाबाट एकजना र लोसपाबाट एकजना छन् । तर, उक्त समिति नै निश्क्रििय रहँदा सन्देह उत्पन्न भएको छ । स्रोतका अनुसार प्रतिपक्ष दलका नेता ओली राणालाई महाभियोगबाट हटाउने भन्दा पनि अवकाशमा पठाउने सोचमा छन् । प्रतिपक्षको सहयोगबिना दुईतिहाइ मत नपुग्ने भएकाले प्रस्ताव अगाडि नबढेको हो ।

    महाअभियोगको प्रक्रिया प्राथमिकतामा नपर्नुमा निर्णयकर्ता नै राजनीतिक अभिष्ट पूरा गर्ने ध्येयमा लागेकाले हुन सक्ने आशंकाहरु पनि जन्मेका छन् । संविधान र कानुनलाई तिनको मर्मअनुसार भन्दा आफ्नो स्वार्थअनुसार उपयोग गरिने हो की भन्ने चिन्ता बढाएको छ । छलफललाई समयमै अगाडि बढाइएको भए र कामकारबाही चुस्त बनेको हुन्थ्यो भने अहिलेसम्म प्रक्रिया धेरै अगाडी बढीसकेको हुने थियो । यसरी साढे तीन महिनासम्म अल्झाएर राख्ने नियतले जनविश्वास र भावनामाथि आघात पुगेको छ । यस विषयमा सत्तागठबन्धन र प्रमुख प्रतिपक्षले जिम्मेवार भएर सोच्न जरुरी छ ।

    महाअभियोगको विषयलाई लम्ब्याएर राख्दा राणालाई हाइसञ्चो भएको छ । चोलेन्द्र आउँदो मंसिर २७ गते ६५ वर्षे उमेर हदका कारण अवकाशमा जाँदै छन् । महाभियोग प्रस्तावमा छलफल भएर संसद्बाट पास नभएमा पदमा फर्कने सम्भावना पनि रहन्छ । तर प्रस्ताव पारित गर्न नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसँग आवश्यक सांसदको संख्या छैन ।

    अर्थात्, अहिले सत्ता गठबन्धनसँग बहुमतका लागि आवश्यक संख्या छैन । आफैँले ल्याएको महाअभियोग पारित नहुने अवस्थामा यसलाई अगाडि बढाउन पनि कठिन छ । चोलेन्द्र त यसै पनि यो प्रक्रिया लम्बिएकै हेर्न चाहन्छन् । केही गरी महाअभियोग पारित भयो भने राणामाथि ठूलो दाग रहने छ । यही कारण अवकाशको बेलासम्म महाभियोग लम्बिरहोस् भन्ने मानसिकता राणाको छ । प्रमुख दल भरसक महाअभियोग प्रक्रिया लम्ब्याएर राणालाई घरमै पठाउने ध्याउन्नमा हो की भन्ने आभाष मिल्छ । किनकि, संविधानमा एकचौथाइ सांसदले महाअभियोग प्रस्ताव दर्ता गर्न सक्ने प्रावधान भए पनि पारित गर्न प्रतिनिधिसभाको दुईतिहाइ संख्या नभई हुन्न ।

    यसरी महाअभियोग प्रस्तावका पक्षमा दुईतिहाइ जुट्ने अवस्था नभएको खण्डमा राणाले सर्वोच्चबाट अवकाश नपाउन्जेल लम्ब्याउने खेल चलिरहने खतरा छ । एमाले भने यस प्रकरणमा पछिल्लो समय ‘न हाँसको चाल न कुखुराको’ अवस्थामा देखिन्छ । झन स्थानीय निर्वाचनमा शाख गिरेपछि जे सुकै भाँडमा जाओस् भन्ने पक्षमा एमाले देखिन्छ । दुबै चिन्तन र प्रवृत्ति संविधान, स्वतन्त्र न्यायपालिका, विधिको शासन र जनमतमाथि आघात पुर्याउने तत्व हुन् ।

    संसदमा छलफलपछि मात्र राणाविरुद्धको महाअभियोग प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा जाने कानुनी व्यवस्था छ । जबकि, सरकारले महाअभियोगको प्रस्तावमा छलफल अघि अघिल्लो वर्षको चैतमै संसद् अधिवेशन अन्त्य गरिदियो । त्यसपछि महाअभियोगको प्रक्रिया स्वतः लम्बिएको थियो ।

    प्रतिनिधिसभा नियमावलीअनुसार महाभियोग सिफारिस समितिले कारबाही प्रारम्भ गरेको बढीमा तीन महिनाभित्र सिफारिस सहितको प्रतिवेदन प्रतिनिधिसभामा पेश गर्नुपर्ने व्यवस्था छ । तर आजका मितिसम्म प्रक्रिया नै सुरु भएको छैन । यस्ले जटिल समस्या देखिएको छ । संसदको चालु अधिवेशनमा महाभियोगमाथि प्रतिनिधि सभामा छलफल हुने र समितिमा पठाइने भनिएको छ । प्रतिनिधिसभाले महाअभियोगको विषयवस्तु महाअभियोग सिफारिस समितिमा नपठाएसम्म उक्त समितिले अनुसन्धानको काम पनि अघि बढाउन सक्दैन ।

    एमालेले प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग पारित गर्न साथ नदिने र गठवन्धन सरकारमा सामेल पार्टी पनि निदाएर बस्ने हो भने राणा निश्फीक्रि घर जाने छन् । जुन उनका लागि सम्मानजनक बहिर्गमन नै हो । यस्तो अबस्थामा राज्यबाट पाउने सबै सुविधा लिन पाउने छन् । त्यतिबेला जनआकाँक्षामाथि ठूलो तुषारापात हुने छ । र, राणाविरुद्ध लागेका भ्रष्टाचार, अनियमितता, न्यायमा विचलन, अकुत सम्पत्ति आर्जन, संविधान उल्लङ्घन लगायतका अभियोगहरु यत्तिकै रक्ष्यानमा पुग्ने छन् ।

    प्रमुख दलहरुबिच स्वार्थ जेसुकै भए पनि महाभियोगलाई यसरी लम्ब्याएर राख्नु मुलुक र लोकतन्त्रको हितमा छैन । राजनीतिक स्वार्थ मिले पनि, नमिले पनि कुनै बहानामा संवैधानिक र कानुनी प्रक्रियालाई नै बन्धक बनाएर रोक्न मिल्दैन ।

  • subhayug
  • अध्यक्ष
  • केपी शर्मा ओली
  • चोलेन्द्रशमशेर राणा
  • प्रधानन्यायाधीश
  • प्रमुख प्रतिपक्ष दल
  • महाअभियोग प्रस्ताव
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

  • आम्दानी बढाउँदै बिमा कम्पनी

  • मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

  • वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली


  • समाचार
  • १

    त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण
    १ दिन अघि

  • २

    आम्दानी बढाउँदै बिमा कम्पनी
    १ दिन अघि

  • ३

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू
    १ दिन अघि

  • ४

    मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू
    १ दिन अघि

  • ५

    वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली
    १ दिन अघि

  • ६

    कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु
    १ दिन अघि

  • ७

    सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु
    १ दिन अघि

  • ८

    देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?
    १ दिन अघि

  • ९

    शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?
    १ दिन अघि

  • १०

    कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ६ दिन अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

    subhayug
    २

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    ३

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ४

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution