
धादिङ – धादिङको धुनिवेशी नगरपालिकास्थीत् वडा नं. १ का अध्यक्ष मानबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबारदेखी स्थानीयको माग सम्बोधन नगरी, काठमाडौं उपत्यकाको फोहोर जवरजस्त रुपमा धुनिबेंसीको बन्चरेडाँडास्थित डम्पिङ साइटमा बिसर्जन शुरु गर्नथालेपछी स्थानियले गरेको बिरोधमा समर्थन गर्दै बिरोध गर्न पुगेका वडाध्यक्ष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्थानीयले विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएका थिए ।
सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भएपनि बन्चरेडाँडामा फोहोर बिसर्जन गर्ने निर्णय गरेको थियो । आज फोहोर बोकेका गाडी बन्चरेडाँडा पुग्दा प्रहरीले सुरक्षा दिएका थिए ।
मंगलबार बिहानमात्र बन्चरे डाँडामा काठमाडौं महानगरपालिकाका ९० वटा गाडीले फोहोर बिसर्जन गरेको छ । स्थानीयले भने आफूहरुसँग समन्वय नगरेको र आफ्ना माग सम्बोधन नगरी फोहोर बिसर्जन गर्न सुरु गरेको भन्दै आज बिहानैदेखी आन्दोलन गर्दै आएका छन् ।
सिसडोलस्थित ल्याण्डफिल साइट भरिएपछि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन हुन सकेको थिएन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar