• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

१७ घण्टा अघि
२

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

२१ घण्टा अघि
३

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

२१ घण्टा अघि
४

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

१ दिन अघि
५

ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली

१ दिन अघि
६

नारायणकाजीलाई माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी

१ दिन अघि
७

ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु

३ दिन अघि
८

चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी

३ दिन अघि
९

बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !

३ दिन अघि
१०

कृषि विकास कार्यालयका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त

५ दिन अघि
११

सेवाग्राहीसँग ६ लाख घुस मागेका पर्यटन मन्त्रालयका उपसचिव अख्तियारको फन्दामा

५ दिन अघि
१२

प्रहरीको बुट खरिदमा दोब्बर मूल्य भुक्तानी गरी ६ करोड घोटला

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • suravi shakya १

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya २

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ३

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • thamel ४

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • sir ६

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • rape ७

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ८

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • baburam ९

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • bajet १०

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    २ हफ्ता अघि
  • ११ महिनामा पेट्रोलमा मात्र ७८ रुपैयाँ वृद्धि

    न्युज डेस्कप्रकाशित मिति: २०७९ जेष्ठ ९, सोमबार (२ महिना अघि)
  • ५०८ पाठक संख्या
  • petroliyam padartha

    काठमाण्डौ – भारतले कर (एक्साइज ड्युटी) कम गरेर इन्धनमा मूल्य घटाएको भोलिपल्टै नेपालमा पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ ।

    अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय बढाएर १८ सय रुपैयाँ पुर्‍याइएको छ । इन्धनमा यो मूल्य अहिलेसम्मकै उच्च हो । गत वर्ष असार अन्तिमतिर पेट्रोल प्रतिलिटर १०२, डिजेल र मट्टीतेल ८८, ग्यास प्रतिसिलिन्डर १ हजार ३ सय ७५ रुपैयाँमा पाइन्थ्यो ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भारत सरकारले कर कटौती गर्दै शनिबार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँले सस्तो बनाएको छ । ग्यासमा पनि प्रतिसिलिन्डिर २ सय रुपैयाँ छुट दिइएको छ । भारतमा मार्च २२ पछि लगातार इन्धनको मूल्यवृद्धि हुँदै आएको छ । नेपालमा भने इन्धनमा १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको एक सातामै उही दरमा फेरि भाउ बढाइएको छ । सरकारले स्थानीय निर्वाचन सकिएको भोलिपल्टै (वैशाख ३१) इन्धनको मूल्य बढाएको थियो ।

    इन्डियन आयल कर्पोरेसन्स (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य अचाक्ली बढेको जनाउँदै नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरेको हो । ‘मूल्य बढेकै कारण निगम टाट पल्टिने अवस्थामा पुग्यो । आईओसीबाट इन्धन खरिद गरेबापत मासिक भुक्तानी गर्नुपर्नेमा २० अर्ब ६० करोड मात्रै भुक्तानी गरेका छौं, यही अवस्था रहे आपूर्ति प्रणालीमै समस्या आउने देखियो,’ निगमका सहप्रवक्ता पुष्कार कार्कीले भने, ‘संस्था बचाउन बाध्य भएर मूल्य समायोजन गरेका छौं ।’

    बजार मूल्य अचाक्ली बढिरहँदा सरकारले कर घटाउन कुनै चासो दिएको छैन । निगमको विवरणअनुसार आईओसीबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा कर/शुल्क लाग्छ । त्यस्तै, १ सय ३४ रुपैयाँ ५४ पैसामा खरिद गरिएको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर लाग्दै आएको छ ।

    त्यसमा ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बिमा खर्च, निगमको प्राविधिक नोक्सानी, विक्रेता कमिसन जोडेर उपभोक्तालाई थप भार थोपरिदिएको छ । यी शीर्षकमा उठाइने शुल्क परिमार्जन गर्नुपर्ने आवाज उठ्दै आएको छ ।

    उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले इन्धनको मूल्यवृद्धिले चौतर्फी महँगी बढिरहेको बताए । ‘त्यतातिर ध्यान नदिएको सरकारले इन्धनको मूल्य बढाएर थप मूल्यवृद्धिको चलखेल गरेको छ,’ उनले भने, ‘करको दायरा पुनरावलोकन गरेर भए पनि उपभोक्तालाई राहत दिनुपर्छ ।’ खाद्य किराना संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार इन्धनको मूल्यवृद्धिले बजार चक्रमा नै असर पार्छ । ‘यसअघि प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दा ढुवानी भाडा बढाउन सुरु भइसकेको थियो । अब फेरि बढ्ने देखियो,’ उनले भने, ‘इन्धनको मूल्यवृद्धिले समग्र वस्तुमा असर गर्ने देखियो ।’

    संघका अनुसार ढुवानी र सार्वजनिक यातायातको भाडा बढेसँगै खाद्यको मूल्य अकासिन्छ । त्यसको प्रत्यक्ष असर सर्वसाधारणलाई नै पर्छ । ‘सरकारले धेरै सोचेर मूल्य समायोजन गर्नुपर्थ्यो,’ उनले भने, ‘तर, उपभोक्तालाई मार हुने गरी मूल्य बढाइयो ।’ निगमका सहप्रवक्ता कार्कीका अनुसार आगामी बजेटमार्फत पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ र ग्यासमा प्रतिलिटर सय रुपैयाँ कर घटाउन प्रस्ताव गरिएको छ । ‘सरकारले बजेटमार्फत सम्बोधन गरिदिए निगमसँगै सर्वसाधारणलाई पनि राहत हुन्थ्यो,’ कार्कीले भने, ‘तत्काल राहत दिन करको दायरा घटाउन अति आवश्यक देखियो । पछि मूल्य घटेका बेला करको दर बढाउन सकिन्छ ।’

    रुस र युक्रेनबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । आइतबार प्रतिब्यारेल १ सय १२ डलरमा कारोबार भएको छ । कच्चा पदार्थको मूल्यसँगै डलरको मूल्य पनि बढेको छ । तिनै कारणले इन्धनको मूल्य बढेको जनाइएको छ । निगमका सहप्रवक्ता कार्कीका अनुसार मूल्य समायोजन हुँदा प्रतिलिटर पेट्रोलमा १४ रुपैयाँ ६४ पैसा, डिजेलमा २६ रुपैयाँ ८२ पैसा र ग्यासमा प्रतिसिलिन्डर ८ सय ७९ रुपैयाँ ७५ पैसा घाटा छ ।

    मट्टीतेलमा भने प्रतिलिटर २२ रुपैयाँ ११ पैसा, हवाई इन्धन आन्तरिकतर्फ १३ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ ५९ रुपैयाँ नाफा छ । सबैभन्दा बढी खपत पेट्रोल, डिजेल र ग्यासको हुन्छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इन्धनको आयात बर्सेनि औसत १४ देखि १५ प्रतिशतले बढ्दो क्रममा छ । ‘सबैभन्दा बढी आयात खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको हुन्छ,’ उपाध्यायले भने, ‘ग्यास आयात बढ्दो छ । ग्यासबाट मात्रै निगमलाई मासिक करिब ३ अर्ब नोक्सानी भइरहेको छ ।’

  • subhayug
  • डिजेल
  • पेट्रोल
  • मट्टीतेल
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

  • सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

  • मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

  • उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी


  • समाचार
  • १

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    १७ घण्टा अघि

  • २

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    २१ घण्टा अघि

  • ३

    मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन
    २१ घण्टा अघि

  • ४

    उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी
    १ दिन अघि

  • ५

    ओलीका अनेक रुप : सरकारदेखि अदालतसम्मलाई गाली
    १ दिन अघि

  • ६

    नारायणकाजीलाई माओवादी केन्द्रको कार्यवहाक अध्यक्षको जिम्मेवारी
    १ दिन अघि

  • ७

    ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्रम सुरु
    ३ दिन अघि

  • ८

    चिनियाँ नागरिक अपहरण प्रकरण : प्रहरी नै अपहरणकारी
    ३ दिन अघि

  • ९

    बढ्न थाल्यो कोरोना : चौथो लहरको संकेत !
    ३ दिन अघि

  • १०

    कृषि विकास कार्यालयका सुब्बादेखि हाकिमसम्म कार्यकक्षमै मदिरामा मस्त
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    sital niwas
    १ हफ्ता अघि

    प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग राष्ट्रपतिको अन्तरक्रिया : उठाइन् यस्ता सवाल

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution