
बुटवल – बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसका खेलराज पाण्डे र उपमेयरमा एमालेकी सावित्रा अर्याल निर्वाचित भएका छन् ।
एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ३० हजार १३१ मत प्राप्त गरे भने भट्टराईले २२ हजार ५९७ ल्याए । राप्रपाका मृगेन्द्र शेरचनले ७ हजार ५३३ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा निर्वाचित एमालेकी सावित्रा अर्यालले २४ हजार ९०४ मत ल्याइन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजबादीका चिनबहादुर गुरूङले १७ हजार ९८० मत ल्याए । राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ ल्याएकी छन् ।
काङ्ग्रेसले बुटवलमा ११ वडा जितेको छ । एमालेले ५ वडामा विजयी भएको छ । तर निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी रहेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar