२०७९ जेष्ठ १०, मंगलबार
लमजुङ – मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को वडाअध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् । शुक्रबार रातिको मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०-३० मत ल्याएका थिए । दुवैजनाको सल्लाहमा गोलाप्रथा गर्दा कैले गुरुङ वडाअध्यक्षमा विजयी भएका हुन ।
गुरुङ यसअघि पनि चामे गाउँपालिका ५ का वडाअध्यक्ष थिए । उक्त वडामै खुला सदस्यमा नेकपा एमालेका समिरा गुरुङ र नेपाली कांग्रेसका सेराव विष्टको बराबर २८-२८ मत खसेको थियो । दुवैजनाको सहमतिमा गोलाप्रथा गर्दा एमालेका समिरा विजयी भएका छन् ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह