२०७९ जेष्ठ ८, आईतबार
काठमाण्डौ – निर्वाचन आयोगले भोली (वैशाख ३० गते) हुने स्थानिय तहको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाले परिचय खुल्ने जुनसुकै कागजातबाट पनि मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएको छ ।
आयोगले (आज) बुधबार एक विज्ञप्ति प्रकाशन गरि निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाना नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका मतदाताहरुले आफ्नो परिचय खुल्ने जुनसुकै कागजातबाट पनि मतदान गर्न पाउने जानकारी दिएको हो ।
‘स्थानीय तह निर्वाचनका लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी पूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकीन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइ सकिएको छ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह