२०७९ जेष्ठ १०, मंगलबार
कपिलवस्तु – जिल्लाको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावति कुर्मीको गएराति निधन भएको छ ।
निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको हृदयघातका कारण सोमबार राति एक बजे निधन भएको छ । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आज निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताएका छन् ।
उनले निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रिया अघि बढ्ने बताए । कुर्मी महाराजगन्ज नगरपालिका – २, गैडहवाकी बासिन्दा हुन् ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह