२०८१ बैशाख ११, मंगलबार
काठमाडाैँ । नवजीवन स्कुल ब्रिटिस काउन्सिलबाट प्रदान गरिने International School Award (ISA) (सन २०२१ – २०२४) प्राप्त गर्न सफल भएको छ ।
अन्तराष्ट्रिय स्तरका शैक्षिक परियोजना कार्य र सिकाई विधि अनुशरण गरी ब्रिटिस काउन्सिलद्घारा प्रत्येक वर्ष आयोजना गरिने यो विश्व प्रख्यात शैक्षिक कार्यक्रम विद्यालयले सन् २०२१ – २०२४ को लागि आफ्नो सहभागिता सुनिश्चित गर्दै अवार्डका लागि दावेदारी गरेको थियो ।
काठमाडौँ उत्तरी भेग गोंगबुमा सञ्चालित विद्यालयले विगत ४१ वर्ष देखि निरन्तर विद्यार्थीको सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउँदै देशको शैक्षिक विकासमा टेवा पुर्याउँदै आएको छ ।विद्यार्थीको सिकाईलाई सहजीकरण गर्न र जीवन उपयोगी बनाउन यस अन्तराष्ट्रिय विद्यालय पुरस्कर अन्तर्गत प्रोजेक्टमा आधारित सिकाई विधिको आवलम्बन गरिने र यो पद्घतिलाइ बिश्वब्यापी बनाउन विभिन्न देशका स्कुलहरुमा समान उमेर समूहका विद्यार्थी र शिक्षकहरुको सिकाइ विधि र उपलब्धिको आदान प्रदान गरिदै आएको विद्यालयका प्राचार्य ् नवराज भट्टले जानकारी गराउनु भएको छ। उक्त अवार्ड कार्ययोजना अन्र्तगत विद्यालयमा विभिन्न आठ वटा परियोजना सञ्चालन गरिएको थियो । जस अन्तर्गत Magic of Vegetables, How about including School Graduates in community service? Socialalization, Cultural Heritages, Polygon to Polygons, Newari Food (Chaku) , Water in my Life, The Green House Effect, Leaf plates (Duna Tapari and Bota) का प्रोजेक्ट शीर्षकमा विद्यार्थीले विभिन्न गतिविधि गरेका जानकारी विद्यालयका अन्र्तराष्टिय सह कोर्र्डिनेटर सानी महर्जनले दिनुभयोे ।
सो प्रोजेक्टहरुमा विद्यार्थीहरु आबद्घ गर्दै गर्दा २१ औँ शताब्दीमा आवश्यक पर्ने कौशल सिकाई क्रियाकलापमा सम्मीलित गरी विद्यार्थीहरुले आफ्नो सिकाई प्रकियालाई समय सापेक्ष र प्रभावकारी बनाउन सफल भएका छन् । स्थानिय परिकार चाकु बनाउने तरिका सिकि उक्त परिकार निमार्ण गरी विद्यालयले आयोजना गरेको ISA महोत्सवमा बिक्री वितरण गरी सो बाट प्राप्त रकम अन्य बालबालिकाहरुको लागि सहयोग स्वरुप उपलब्ध गराइएको पनि सह कोर्र्डिनेटर महर्जनले जानकारी दिनुभएको छ।
Connecting Classroom अन्तर्गत विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय विद्यालयहरुसंग सहकार्य गरियो । ८ वटा प्रोजेक्ट मध्ये ६ वटा प्रोजेक्ट गतिविधिमा अन्तराष्ट्रिय सहकार्य र एउटा प्रोजेक्टमा छिमेकी सामुदायिक बिद्यालयमा राष्ट्रिय सहकार्य अन्तर्गतका गतिविधि गरियो ।
अन्तराष्ट्रिय विद्यालय अन्तर्गत Colonel Satsangi Kiran Memorial School (India), St. Augustine’s Day School (India), Govt. High School’ AK Academy Co (Pakistan), Hanbit High School (S. Korea), The International School of Elite Education (British School/Egypt) and Sooala Gimnaziala (Romania) सँग सहकार्य गरिएको जानकारी उक्त विद्यालयका CEO तथा अन्तराष्ट्रिय कोओर्डिनेटर निलम बानियाले बताउनुभयो । राष्ट्रिय सहकार्य अन्तर्गत Mnohar Secondary School (Kathmandu) ;Fu Polygon to Polygons सँग एयथिनयल तय एयथिनयलक प्रोजेक्टमा सहकार्य गरिएको थियो ।
विभिन्न प्रोजेक्ट सञ्चालन र सहकार्यको दौरानमा नवजीवन स्कुलले Marshland High school सँग फरक प्रोजेक्ट सिकाईको अवसर पनि प्राप्त गरेको छ । Sustainable Food Production नवजीवन स्कुलका विद्यार्थीहरुले कृषि र खाना उत्पादन प्रणाली, खेती तथा दिगो विकासका कार्यहरु बारे साझेदारी विद्यालय (partner School) सँग सहकार्य गरि व्यवहारिक शिक्षालाई अगाडि बढाएका छन् ।
यी विभिन्न विद्यालयहरुसँग सहकार्य गर्दैगर्दा विद्यार्थीहरुले Joint Venture मा काम गरी अनलाइनमा Zoom को माध्यमबाट एक अर्कोसंग आफ्ना सिकाइका कुराहरु साटासाट गर्ने अवसर प्राप्त गरे । सो अवसरमा देशहरुका राष्ट्रिय गान, सांस्किृतिक पोशाकहरुको बारेमा ज्ञान आदान प्रदान गर्दे विश्वव्यापी नागरिकको रुपमा आफ्नो स्थानीय समुदायमा कसरी चेतना ल्याउने भन्ने कुराको बिषयमा जानकारी मात्र नलिइ विद्यार्थीहरुको आफ्नो समुदायप्रतिको दायित्व पुरा गर्ने सोच समेत साटासाट गरेका थिए ।
ISA अन्तर्गतका गतिविधिले पाठ्यक्रम र पाठ्य सामाग्रिले समेट्न नसकेको विषयवस्तु समेत विद्यार्थीहरुले real life मा आत्मानुभुत गर्न पाएको जानकारी CEO बानियाले दिनु भयो । सो सहकार्यको दौरानमा विद्यार्थी भाइबहिनाले विभिन्न जात, धर्म, भाषा, कार्य र सोलाई सम्मान गर्नुपर्छ भन्ने सिकाई प्राप्त गरेका छन ।
यस्तै स्थानिय रुपमा प्रचलित तर लोपोन्मुख अवस्थामा रहेको नेवारी समुदायमा विशेष खानाको परिकारको रूपमा रहेको चाकुको अध्यायन, बनाउने प्रकृया र कौशलका विषयमा विद्यार्थीहरुले सिकाई गरेका छन् र अन्तराष्ट्रिय विद्यालयसँग सहकार्य बढाएका छन् ।
वर्तमान ICT युगका विद्यार्थीलाई Project Based Learning को अवसर पाएका हुनाले भविष्यमा गएर नेतृत्व गर्न सक्ने र समुदायमा रहेका समस्या निराकरणमा काम गर्न सक्ने कौशल प्राप्त भएको छ ।
यस्तै सहयोग , सहकार्य र समन्वयलाई बढावा दिएर सिकाई अझै गतिशील बनाउने तर्फ विद्यालय र विद्यार्थी प्रेरित भैरहेका छन् ।
समग्रमा यो कार्यक्रमले विद्यार्थी, शिक्षक र सम्पूर्ण विद्यालय समुदायलाई नै सीप र क्षमताको प्रवर्दन गरी अन्तराष्ट्रिय स्तरमा आफुलाई उजागार गर्न मद्घत गर्दछ ।
सिकाईलाई जीवन्त, जीवन उपयोगी र दिगो बनाउन क्रियाकलापमा आधारित शिक्षण कार्यकलापका लागि पाएको यो निरन्तर गरिमामय सफलताका लागि सम्पूर्ण नवजीवन स्कुल परिवारलाई हार्दिक बधाई ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar