२०८० चैत्र ६, मंगलबार
सिन्धुली – सिन्धुलीमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताद्वारा एक श्रमिकको हत्या भएको छ ।
गएराती, गत २०७४ सालको निर्वाचनमा प्रचार सामाग्री छापेको रकम भुक्तानी माग गर्दै माओवादी पार्टी कार्यालयमा अनसन बसेका पुष्पदिप अपसेट प्रेसका सञ्चालक तथा मजदुर पुष्पराज देवकोटाको माओवादी केन्द्रका कार्यकर्ताहरुको कुटपिटबाट मृत्यु भएको हो ।
गत २०७४ सालको स्थानिय तह निर्वाचनमा नेकपा९माओवादी केन्द्र०का तत्कालिन गोलन्जोर गाउँपालिका अध्यक्षका उमेदवार ज्वाला प्रसाद न्यौपानेले प्रचार सामाग्री छपाई गरेको बाँकी ४८ हजार रुपैयाँ हालसम्म भुक्तानी नभएको भन्दै उक्त रकम माग गर्दै पार्टी कार्यालयमा अनसन बसेका मजदुर देवकोटाको माओवादी कार्यकर्ताको कुटपिटबाट मृत्यू भएको मृतकका परिवारले आरोप लगाएका छन ।
मृतकका छोरा बिवेकराज देवकोटाले माओवादी कार्यकर्ता प्रकाश काफ्ले बिरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा किटानी जाहेरी दर्ता गराएका छन । अपरान्ह १ बजेको समयमा पार्टी कार्यालय भित्र देवकोटा माथि हातपात भएको स्थानीय बताउछन । हातपात पछि मृतक देवकोटाका छोरालाई खबर गरी अस्पताल लैजान भनेकोमा अस्पताल पुगेपछि डाक्टरले देवकोटालाई मृत घोषणा गरेका थिए ।
मृतक देवकोटाले श्रम बापतको रकम बारम्बार माग गर्दा पनि नपाएपछि उनी पार्टी कार्यालयमै अनशन बसेका थिए । अहिले देवकोटाको शब पोष्टमार्टमका लागी सिन्धुली अस्पतालमा राखिएको प्रहरीले बताएको छ । मृतकका परिवारले भने दोषिमाथि कानुनी कार्वाही र क्षतिपूर्ति नपाएसम्म शव नउठाउने बताएका छन ।
पिडक काफ्लेलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक बिमलराज कडेलले बताए ।
स्थिती तनाबग्रस्त हुन सक्ने भन्दै अहिले सिन्धुलीमाढी स्थित माओवादी केन्द्रको पार्टी कार्यालय शसस्त्र प्रहरी तथा नेपाल प्रहरीको सुरक्षा घेराभित्र राखिएको छ भन्ने बुझिन आए को छ
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar