• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १०, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेयर बजारमा आज दोहोरो अंकको सुधार

४ घण्टा अघि
२

पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

४ घण्टा अघि
३

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

४ घण्टा अघि
४

धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

१३ घण्टा अघि
५

रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

१३ घण्टा अघि
६

जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

१४ घण्टा अघि
७

युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

१४ घण्टा अघि
८

कावासोतीमा सेञ्चुरी बैंक

१४ घण्टा अघि
९

भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी

१४ घण्टा अघि
१०

कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर

१ दिन अघि
११

१४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

१ दिन अघि
१२

आइएमई पे र सेञ्चुरी बैंकवीच सहकार्य

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ४ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ४ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ४ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ४ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ४ हफ्ता अघि
  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    १३ घण्टा अघि
  • कुरकुरे, चिजबलदेखि मोबाइलसम्मको आयातमा प्रतिबन्ध

    न्युज डेस्कप्रकाशित मिति: २०७९ बैशाख १५, बिहिबार (३ हफ्ता अघि)
  • ३७८ पाठक संख्या
  • import export

    काठमाण्डौ – के तपाइँ कुरकुरे, चिजबल, लेज जस्ता खानेकुराको सौखिन हुनुुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाइँले यी अतिरिक्त स्वादयुक्त खानेकुराको लत त्याग्नुपर्ने भएको छ । किनभने यी खानाले तपाइँको स्वास्थ्य त बिगारेकै छन्, देशको आर्थिक स्वास्थ्यमा समेत धक्का दिएको देखिन आएको छ । त्यसैले नेपाल सरकारले अब यी खाद्यवस्तुहरुको आयातमा प्रतिबन्ध नै लगाउने निर्णय गरेको छ ।

    भन्सार विभागका अनुसार चालु आवको नौ महिनाको अवधिमा मात्रै कूल १२ लाख ९३ हजार ५६ किलो बराबरको कुरकुरे, चिजबल, लेजजस्ता सामग्री आयात भएको पाइएपछि सरकारको आँखा यी पदार्थको आयातमा पुगेको हो । पछिल्लो समयमा देशको आर्थिक अवस्थाबारे विभिन्न प्रश्न उठिरहेका बेला सरकारले आजदेखि लागू हुने गरी ती सामग्री आयातमा प्रतिबन्ध लगाई मुलुकको आर्थिक स्वास्थ्य अवस्था सुधारको पहल थालेको हो ।

    विदेशी मुद्राको सञ्चिति ६.७ महिनाको मात्रै आयात धान्न सक्ने अवस्थामा ओर्लेपछि सरकारले यीलगायतका केही विलासिताका वस्तुको आयातमा कडाइ थालेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाले पनि मोबाइल लगायतका सामग्रीको आयातमा एलसी नखोल्ने निर्णय गरिसकेका छन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी उक्त सामग्रीको आयातमा प्रतिबन्ध लगाएको हो । भन्सार विभागका अनुसार बङ्गलादेश, चीन, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, ताइवान, अमेरिका र बेलायतबाट चिजबल, लेज, कुरकुरे जस्ता सामग्री आयात भएका छन् ।

    त्यस्तै, सरकारले ५८ प्रकारका रक्सी तथा रक्सीजन्य पदार्थको आयातमा समेत प्रतिबन्ध लगाएको छ । नेपालमा चालु आवको नौ महिनामा प्रमुख रुपमा १५ लाख २५ हजार १९३ लिटर मदिरा स्वदेश भित्रिएको छ । त्यसमा बियर बनाउने माल्टदेखि वाइन र ह्विस्की तथा अल्कोहल कन्टेन्ट रहेका छन् । विभागका अनुसार ती सामग्रीको आयात मूल्य रु दुई अर्ब एक करोड ११ लाख ५९ हजार बराबर छ । सरकारले त्यसबाट रु तीन अर्ब ५७ करोड ३८ लाख ६७ हजार बराबरको राजश्व सङ्कलन गरेको छ ।

    उद्योग मन्त्रालयका अनुसार चुरोट तथा सुर्तीजन्य वस्तु आयातमा प्रतिबन्ध लागेको सूचनामा उल्लेख छ । चालु आबको नौ महिनाको अवधिमा मात्रै १८ लाख किलो सुर्तीजन्य पदार्थ आयात भएको छ ।

    उद्योग मन्त्रालयका अनुसार हिरा (औद्योगिक कच्चापदार्थ बाहेक )का सामग्री आयातमा प्रतिबन्ध लागेको छ । त्यस्तै, ६०० अमेरिकी डलरमाथिको मोबाइल सेटको आयात समेत तत्कालका लागि रोक लगाइएको छ ।

    सरकारले ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन पनि आयात गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

    त्यस्तै, जीप, कार र भ्यान आयात गर्न रोक लागेको छ । एम्बुलेन्स र शववाहन बाहेकका कुनै पनि सामग्री आयात गर्न नपाइने मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ ।

    त्यसैगरी २५० सिसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना, तास आयातमा प्रतिबन्ध लागेको छ । पैठारीमा बन्देज लगाइएका ती वस्तु नेपालस्थित कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफँैले भने आयात गर्न कुनै बाधा नपर्ने सूचनामा उल्लेख छ ।

    यस्तै, मङ्गलबारभन्दा अघिदेखि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको हकमा यो व्यवस्था लागू नहुने उद्योग मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले जानकारी दिनुभयो । विदेशी मुद्राको सञ्चितिमा चाप पर्दै गएपछि सरकारले अत्यावश्यक बाहेकका सबै सामग्री आयातमा क्रमशः प्रतिबन्ध लगाउँदै आएको छ । अर्थ मन्त्रालयले विलासी सवारी साधनलगायतका सामग्रीको हकमा एलसी नखोल्नसमेत आग्रह गरिसकेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तसम्म नेपालको बैंकिङ प्रणालीमा कूल नौ अर्ब ५८ करोड अमेरिकी डलर मौज्दात रहेको छ । चालु आवको आठ महिनामा अमेरिकी डलरको सञ्चितिमा १८.५ प्रतिशतले कमी आएको छ । डलर सञ्चिति ओरालो लागेपछि सरकारले अत्यावश्यक बाहेकका सबै वस्तुको आयातमा रोक लगाउनु परेको जनाएको छ ।

  • subhayug
  • आयात प्रतिबन्ध
  • कुरकुरे
  • चिजबलदेखि मोबाइल
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सेयर बजारमा आज दोहोरो अंकको सुधार

  • पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

  • यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

  • धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा


  • समाचार
  • १

    सेयर बजारमा आज दोहोरो अंकको सुधार
    ४ घण्टा अघि

  • २

    पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित
    ४ घण्टा अघि

  • ३

    यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
    ४ घण्टा अघि

  • ४

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा
    १३ घण्टा अघि

  • ५

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल
    १३ घण्टा अघि

  • ६

    जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन
    १४ घण्टा अघि

  • ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु
    १४ घण्टा अघि

  • ८

    कावासोतीमा सेञ्चुरी बैंक
    १४ घण्टा अघि

  • ९

    भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी
    १४ घण्टा अघि

  • १०

    कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    २

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ३

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    ४

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution