२०७९ जेष्ठ १०, मंगलबार
काठमाण्डौ – गरिमा क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारणसभाले १६ प्रतिशत लाभांश पारित गरेको छ ।
सभाले चुक्ता पुँजी ११ करोड ८१ लाख रुपैयाँको १५.६५ प्रतिशतले हुन आउने रकम १ करोड ८४ लाख ८३ हजार ८९५.९३ रुपैयाँ नगद लाभांश पारित गरेको हो । सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पाँचजना सञ्चालकको निर्विरोध निर्वाचित गरेको छ । सञ्चालकमा चयन हुनेहरुमा दीपक पाण्डेय, रमाकान्त बराल, यादवकुमार श्रेष्ठ, माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ छन ।
सभालगत्तै बसेको सञ्चालक समितिको बैठकबाट पाण्डेय अध्यक्ष पदमा मनोनयन भएका छन्। साथै, सभाले आव २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०७७/७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह