दोहा – कतारमा २१ जना नेपालीले माफी पाएका छन् ।
कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेका २१ जना नेपालीहरूलाई माफी दिएका हुन् ।
कतारस्थित नेपाली दूतावासका अनुसार माफी पाउनेहरूमा तीन जना यौनजन्य क्रियाकलापमा सजाय भोगिरहेका नेपाली रहेका छन् । त्यस्तै ११ जना चोरीजन्य क्रियाकलाप गरेका, २ जना मादकपदार्थ बिक्री वितरण गरेका र ५ जना आर्थिक हिनामिना गरेको कसुरमा दोषी ठहर भएर सजाय भोगिरहेका नेपाली छन् ।
माफी पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar