२०८१ बैशाख ८, शनिबार
धादिङ – धादिङको १३ वटा स्थानिय तहमा सत्तारुढ गठबन्धनबीच भागवण्डा टुङ्गो लागेको छ ।
आईतबार बिहानैदेखी बसेको गठबन्धनको बैठकले अहिलेसम्म १३ स्थानिय तहमा उम्मेदवारी बाँडफाँटको टुङ्गो लगाएको हो । जसअनुसार थाँक्रे गाँउपालिका बाहेकका स्थानिय तहमा सत्तारुढ गठबन्धनबीच भागवण्डा टुङ्गो लागीसकेको थियो । माओवादी केन्द्र र काँग्रेसबीच बिवाद रहेको थाँक्रे गाँउपालिकामा काँगेसलाई अध्यक्ष र माओवादी केन्दलाई उपाध्यक्ष दिईएसंगै धादिङमा उम्मेदवारी बाँडफाँटको टुङ्गो लागेको हो ।
सहमती अनुसार थाँक्रेको प्रमुखसमेत पाएसंगै नेपाली कांग्रेसले ८ स्थानीय तहमा प्रमुख र ४ वटा स्थानीय तहमा उपप्रमुख पद पाएको छ । त्यस्तै नेकपा एकिकृत समाजवादीले २ वटा पालिका प्रमुखको साथै ४ वटा पालिका उपप्रमुख र जिल्ला समन्वय समितीमा उपप्रमुख पाएको छ । त्यस्तै माओवादी केन्द्रले पनि ३ वटा स्थानीय तहको प्रमुख, ५ स्थानीय तहमा उपप्रमुख पदको साथै जिल्ला समन्वय समितीको प्रमुख समेत पाएको छ ।
उता उम्मेदवारको टुंगो लगाउन पार्टीका नेताहरुको छुट्टाछुट्टै बैठक बसीरहेको नेकपा एकिकृत समाजवादीका सचिव शुवाष खतिवडाले जानकारी दिए ।
स्थानिय तह निर्वाचन : धादिङमा प्रमुख र उपप्रमुख भागबण्डामा गठबन्धनबीच सहमती
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar