२०७९ जेष्ठ ४, बुधबार
धादिङ – आगामी स्थानिय तह निर्वाचनका लागी धादिङमा सत्ता गठबन्धनका दलहरुबीच सहमती भएको छ ।
आज आईतबार बसेको बागमती प्रदेश स्तरिय बैठकले जिल्लामा सत्ता गठबन्धनका दलहरुबीच प्रमुख तथा उपप्रमुखको भागबण्डामा सहमती गरेको हो ।
सहमती अनुसार नेपाली कांग्रेसले ७ वटा स्थानीय तहमा प्रमुख र ४ वटा स्थानीय तहमा उपप्रमुख पदको साथै जिल्ला समन्वय समितीको प्रमुख समेत पाएको छ ।
त्यस्तै नेकपा एकिकृत समाजवादीले २ वटा पालिका प्रमुखको साथै ४ वटा पालिका उपप्रमुख र जिल्ला समन्वय समितीमा उपप्रमुख पाएको छ । त्यस्तै माओवादी केन्द्रले पनि ३ वटा स्थानीय तहको प्रमुख, ४ स्थानीय तहमा उपप्रमुख पाएको छ ।
त्यस्तै विवादित रहेको थाक्रे गाँउपालिकामा भने जिल्ला तहले नै सहमती गरी उम्मेद्धार तय गर्ने बताइएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह