• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अन्ततः राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

२७ मिनेट अघि
२

त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

१ दिन अघि
३

आम्दानी बढाउँदै बिमा कम्पनी

१ दिन अघि
४

युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

१ दिन अघि
५

मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

१ दिन अघि
६

वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

२ दिन अघि
७

कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु

२ दिन अघि
८

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

२ दिन अघि
९

देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?

२ दिन अघि
१०

शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?

२ दिन अघि
११

कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता

३ दिन अघि
१२

बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • chunab dhading १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

    ६ दिन अघि
  • suravi shakya २

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    १ महिना अघि
  • 6 bichauliya ३

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    १ महिना अघि
  • oli mcc ४

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    ३ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ६

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    १ महिना अघि
  • bajet ७

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    ३ हफ्ता अघि
  • lalpurja ८

    डिएसपी पत्नीलाई नै अर्कैको जग्गा बेचेपछि

    ३ हफ्ता अघि
  • current photo ९

    करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    ३ हफ्ता अघि
  • nepali dampati १०

    महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ : करुणा कुँवर

    ३ हफ्ता अघि
  • स्टिकर छपाईमा बढी लागत खर्च

    न्युज डेस्कप्रकाशित मिति: २०७९ बैशाख ११, आईतबार (३ महिना अघि)
  • ४७४ पाठक संख्या
  • sticker

    काठमाण्डौ – अन्तःशुल्क स्टिकर छपाई गर्नका लागि लागत खर्च बढ्ने गरि खरिद योजना अघि बढाउने तयारी सरकारले गरेको छ ।

    खुल्ला प्रतिस्पर्धाबाट कम्पनी छनौट गर्ने प्रक्रिया अदालतका कारण रोकिएको भन्दै सरकारले सिधै कम्पनी छनौटको प्रक्रिया अघि बढाएको हो। अर्थमन्त्री जनार्दन शर्माको अग्रसरतामा यस्तो खरिद योजना अघि बढेको छ । गत वर्षको टेन्डरमा सहभागी भएर छनौट भएको भारतीय कम्पनी मद्रास प्रिन्टिङसँग सम्झौता नगर्न अदालतले अन्तरिम आदेश दिएपछि खरिदको काम अघि बढ्न सकेको थिएन । यो विषयमा यही बैशाख १२ गतेका लागि पेसी तोकिएको छ ।

    तर अर्थ मन्त्रालयलाई ३ अर्बको स्टिकर छपाइ गर्नका लागि सैद्धान्ति स्वीकृति दिने मन्त्रिपरिषदले निर्णय गरिसकेको छ । हालसम्म सार्वजनिक नगरिएपनि यही सैद्धान्तरिक निर्णयअनुसार जीटूजी बाट खरिद गर्नेका लागि अर्थमन्त्रालयले तयारी अघि बढाइसकेको छ । जीटूजीबाट कम्पनी छनौट गर्दा प्रतिस्पर्धाबाट छानिएको भन्दा स्वभावीक रुपमा लागत धेरै हुने भन्दै सरकारले अधिक रकमको स्वीकृति दिएको छ । यसअघि भारतीय कम्पनी मद्रासले सवा एक अर्बमा स्टिकर छाप्ने कबोल गरेको थियो । यसमा नेगोसिएसन हुँदा अझै मूल्य घट्नसक्ने सम्भावना पनि थियो ।

    तर अर्थमन्त्रालयले भने ३ अर्बको खरिद गर्ने योजना बनाएको छ । स्टिकर संख्या नबढाइ पछिल्लो समय मूल्यवृद्धि भएको भन्दै लागत बढाउनेगरी खरिद योजना बनाउन लागेको हो । मन्त्रालय निकट स्रोतका अनुसार यसका लागि अहिले रफ्तारमा काम भइरहेको छ । जीटूजीबाट कम्पनी छनौट गर्नेमात्र होइन कुन देशको कुन कम्पनीलाई छनौट गर्ने भन्ने योजना बनाएरै कामअघि बढेको छ । यो प्रक्रियामा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक बिकल पौडेल र बिचौलिया दीपक भट्टको संलग्नता रहेको स्रोतको भनाई छ ।

    बिकल पौडेल यसअघिको सेक्युरिटी प्रेस खरिदको अनियमिततामा जोडिएका पात्र हुन् । गोकुल बाँस्कोटाको अडियो सार्वजनिक भएको प्रकरणमा जोडिएका पौडेलको सूचना प्रविधिसँग सम्बन्धित खरिदको लामो अनुभव छ । जीटूजी प्रक्रियामा जाँदा बिचौलिया निकट कम्पनी भएका देशमा मात्र कोटेशन पठाउने तयारी भइरहेको छ । अहिलेका लागि फ्रान्स, जर्मनी तथा स्विजरल्यान्डमा पत्राचार गर्ने तयारी भइरहेको छ ।

    प्रतिस्पर्धाबाट छनौट हुने कम्पनीबाट छाप्दा हुनेभन्दा २ अर्ब बढी खर्चिनेगरी योजना अघि बढेको छ । सोझै २ अर्बको अनियमितता हुनेगरी काम गर्ने तयारीमा सरकार रहेको छ । यदि अदालतले पहिलेको टेन्डर रद्द नै गरिदियो भनेपनि खुला प्रतिस्पर्धाबाटै जानुपर्छ भनेर आफूहरूले राय दिएको अर्थका एक अधिकारीले बताए । तर मन्त्रीले खुला प्रतिस्पर्धाबाट जाँदा फेरि समय लम्बिने भन्दै जीटूजीबाटै जाने अडान लिएका छन् ।

    पहिले नै सेटिङ तयार पारेर खरिदको काम अघि बढेको छ । यसका लागि फ्रान्स तथा जर्मनीका यस्तो काम गर्ने कम्पनीसँग राम्रो सम्बन्ध भएका पौडेल र राजनीतिक सन्तुलन मिलाउने भट्टको सक्रियता बढेर गएको छ । स्टिकर छपाइको काम अवरुद्ध भएपछि सरकारले पत्राचार नगर्दा पनि कतिपय कम्पनीले आन्तरिक राजस्व विभागसँग चासो राखेका थिए । यसअघि एउटा भारतीय कम्पनीले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा स्टिकर छाप्नका लागि तयार रहेको प्रस्ताव गरेको थियो । एक महिनाअघि मात्र भारतीय कम्पनी इन्स्टुमेन्टेसन लिमिटेडले प्रति स्टिकर ३३ पैसामा स्टिकर छाप्ने प्रस्ताव गरेको थियो ।

    यो कम्पनीले आफू जीटूजी प्रक्रियाबाट स्टिकर छाप्न तयार रहेको र यदि नेपाल सरकारले आवश्यक ठानेमा तयार रहेको भन्दै दूतावासमा पत्राचार गरेको थियो । तर यो प्रस्ताव नेपालसम्म अझै पुगेको छैन । नेपाल सरकारले औपचारिक आव्हान नगर्दै भारतीय कम्पनीले सरकारी नोटिसका लागि यस्तो गरेको हुनसक्ने अर्थ मन्त्रालयका एक अधिकारीले बताए । जीटूजीबाटै जाँदा पनि धेरै देशमा पत्राचार गर्नसके प्रतिस्पर्धी मूल्यमा पाइने अधिकारीहरूको भनाइ छ । ‘तर यहाँको तयारी त्यस्तो छैन, निश्चित देशमा मात्र सुटुक्क पत्राचार गरेर छोटो समय राखेर जाने तयारी भइरहेको छ,’ अर्थसम्बद्ध स्रोतले भन्यो ।

  • subhayug
  • अन्तःशुल्क
  • अर्थमन्त्री जनार्दन शर्मा
  • स्टिकर छपाई
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • अन्ततः राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

  • त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

  • आम्दानी बढाउँदै बिमा कम्पनी

  • मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू


  • समाचार
  • १

    अन्ततः राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
    २७ मिनेट अघि

  • २

    त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण
    १ दिन अघि

  • ३

    आम्दानी बढाउँदै बिमा कम्पनी
    १ दिन अघि

  • ४

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू
    १ दिन अघि

  • ५

    मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू
    १ दिन अघि

  • ६

    वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली
    २ दिन अघि

  • ७

    कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु
    २ दिन अघि

  • ८

    सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु
    २ दिन अघि

  • ९

    देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?
    २ दिन अघि

  • १०

    शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ६ दिन अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

    subhayug
    २

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    ३

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ४

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution