२०७९ जेष्ठ १०, मंगलबार
धादिङ – धादिङमा सत्तारुढ गठबन्धनका दलहरूबीच स्थानिय तहको नेतृत्व बाँडफाँडमा सहमति जुटेको छ ।
आज आइतबार धादिङबेसीमा बसेको सत्तारुढ गठबन्धनका दलको बैठकले आगामी स्थानिय तह निर्वाचनमा नेतृत्व कस्ले गर्ने भन्नेबारे बाँडफाँडमा सहमती गरेको हो । हिजो (शनिवार)देखी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी र जसपाका शिर्ष नेताहरुको बैठकले जिल्लाको १३ स्थानीय तहको प्रमुख पद कुन् कुन् दलले लिने भन्नेवारे सहमती गरेको नेकपा एकीकृत समाजवादी धादिङका सचिव सुवास खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति भएको छ । यद्धपी कुन स्थानिय तहको नेतृत्व कसले लिने भन्नेबारे भने सहमति भैसकेको छैन । ‘कुन स्थानिय तहको नेतृत्व कसले लिने भन्ने बिषयमा पनि गम्भीर छलफल भैरहेको छ’ – उनले भने ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह