२०७९ श्रावण २९, आईतबार
धादिङ – राजमार्ग सामुदायिक अस्पताल मलेखुका चिकित्सक डा. सन्जयकुमार यादवको विदाई गरिएको छ ।
विगत ३ वर्षभन्दा बढी अस्पतालमा सेवा दिँदै आएका चिकित्सक डा. यादवलाई शुक्रवार अस्पताल परिषरमा एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको हो । डा.यादव अध्ययनका लागी काठमाण्डौ जानुपर्ने भएकाले अस्पतालबाट विदाई भएका हुन् ।
आफु अध्ययनका लागी जानुपर्ने भएको र अध्ययनपस्चात् आफु पुनः मलेखुवाशीको सेवा गर्न आउने उनले बताएका छन् । त्यस्तै आफु अस्पतालमा रहँदा अस्पताल प्रशासन र स्थानियको निक्कै माया र सद्भाव पाएको समेत उनले बताए ।
डा.यादवको विदाईका लागी मलेखु बजार र बजार आसपासका स्थानियहरुको समेत उपस्थिती रहेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar