खोटाङ – खोटाङबाट संचालित् एक अनलाईन संचारमाध्यमले सूचना तथा प्रशारण विभाग र प्रेस काउन्सिलमा फर्जी कागजात पेश गरि अनलाईन संचालन अनुमति लिएको खुलासा भएको छ।
गत २०७६ असोज ५ गते सूचना विभागमा दर्ता भएको हलेशीपाटी डट कमले फर्जी कागजात पेश गरि संचालन गरेको हलेशी खवरमा समाचार प्रकाशित् छ । सूचना विभागको दर्ता प्रमाणपत्र नम्बर १५६५–२०७६/०७७ रहेको उक्त अनलाइनमा हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानका मनोज कुमार गिरी संचालक र सम्पादक रहेको उल्लेख छ ।
तर तिनै गिरीले फर्जी कागजात पेश गरेर सूचना तथा प्रशारण विभागबाट अनलाइन संचालनको स्वीकृति लिइएको देखिएको समाचारमा उल्लेख छ । उता गिरीले सम्पादकका लागि अर्कै ब्यक्तिको शैक्षिक प्रमाणपत्रमा केरमेट गरि आफनो नाम र फोटो हाली फर्जी शैक्षिक योग्यताको प्रमाणपत्र विभागमा पेश गरेका छन् । व्रिलियण्ट मल्टिपल क्याम्पस सिफल काठमाडौंबाट कुभेश चन्द्र गिरीले लिएको शैक्षिक योग्यताको प्रमाणपत्र र मनोज गिरीले विभागमा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा सबैकुरा एउटै पाइएपछी उक्त तथ्य खुल्न आएको हो ।
गिरीले पेश गरेको प्रमाणपत्रमा एसएलसी २०६० मा आईए २०६३ मा विए २०६५ मा गरेको भेटिएको छ । उता अनलाईन दर्ता गर्न सम्पादक अनिवार्य र त्यसका लागी मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक वा सो सरह उतिर्ण भउको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि वा विभागबाट सम्पादक भनि प्रमाणित गरिएको पत्रको प्रतिलिपि आवश्यक पर्दछ । तर सम्पादक राख्दा अनावश्यक झण्जट हुने भन्दै गिरीले फर्जी कागजात बनाई विभागमा पेश गरेको बुझिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar