२०७९ श्रावण २९, आईतबार
काठमाण्डौ – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुगा नगरपालिकामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार सिद्धवावा माध्यमिक विद्यालयमा संचालित कार्यक्रममा प्लस टु का १ सय २० विद्यार्थीको सहभागिता रहेको थियो । शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा शिक्षक टिकाराम खड्काले स्वागत मन्तव्य दिदै युवामा बीमा सम्बन्धी जागरण ल्याउनु आवश्यक रहेको बताए ।
कम्पनीका कर्मचारी राजेन्द्र गाहाले संचालन गरेको कार्यक्रममा कार्यालय प्रमुख विष्णु महतले बीमा समितिले गुल्मीमा बीमा सचेतना कार्यक्रम संचालन गर्न महालक्ष्मी लाईफ लाई जिम्मा दिएकोले अन्य क्षेत्रमा पनि यस्ता कार्यक्रम निरन्तर संचालन गरिने जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका कम्पनीका मार्केटिङ मेनेजर यम लाल न्यौपानेले उपस्थित युवा तथा विद्यार्थीलाई बीमा सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar