• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ १०, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सेयर बजारमा आज दोहोरो अंकको सुधार

३ घण्टा अघि
२

पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित

४ घण्टा अघि
३

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

४ घण्टा अघि
४

धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

१२ घण्टा अघि
५

रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

१३ घण्टा अघि
६

जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन

१४ घण्टा अघि
७

युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

१४ घण्टा अघि
८

कावासोतीमा सेञ्चुरी बैंक

१४ घण्टा अघि
९

भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी

१४ घण्टा अघि
१०

कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर

१ दिन अघि
११

१४ महिनाको बालकलाई क्यान्सर लागेपछी परिवारद्वारा आर्थिक सहयोगको अपिल

१ दिन अघि
१२

आइएमई पे र सेञ्चुरी बैंकवीच सहकार्य

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ४ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ४ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ४ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ४ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ४ हफ्ता अघि
  • १०

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा

    १२ घण्टा अघि
  • विदेशी षड्यन्त्रका कारण संसद् विघटन : इमरान खान

    एजेन्सीप्रकाशित मिति: २०७८ चैत्र २१, सोमबार (१ महिना अघि)
  • ९० पाठक संख्या
  • imran khan

    इस्लामाबाद  – अविश्वास प्रस्ताव सामना गर्नुको सट्टा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् नै विघटन गरेका छन् ।

    प्रधानमन्त्रीको सुझावबमोजिम राष्ट्रपति आरिफ अल्भीले आइतबार संसद् विघटन गरेका हुन् । ‘नेसनल एसेम्बली विघटन गर्ने पाकिस्तानी प्रधानमन्त्रीको सुझावलाई संविधानअनुसार राष्ट्रपति आरिफ अल्भीले अनुमोदन गर्नुभएको छ,’ राष्ट्रपतिको सचिवालयले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

    पाकिस्तानी संविधानको धारा ५८ मा ‘प्रधानमन्त्रीको सल्लाहमा राष्ट्रपतिले संसद् विघटन गर्ने’ व्यवस्था छ । आफूविरुद्धको अविश्वास प्रस्ताव संसद्को अध्यक्षता गरेका उपसभामुखले खारेज गरिदिएपछि प्रधानमन्त्री खानले राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपतिलाई ‘संसद् विघटन’ गर्न सुझाव दिएको जनाएका थिए । उनले ९० दिनभित्र संसदीय चुनाव हुने घोषणा गरेका छन् ।

    विपक्षी गठबन्धनले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव राखेपछि इमरानले संसद् विघटनको कदम चालेका हुन् । प्रधानमन्त्री खानले हार्ने लगभग निश्चित देखिएको अविश्वास प्रस्तावविरुद्ध मतदान गराउन संसद्का उपसभामुखले अस्वीकार गरेका थिए । विपक्षी दलहरूले काम गर्न नदिएका कारण आफू संसद् विघटन गर्न बाध्य भएको खानको भनाइ छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले निर्वाचनका लागि तयारी अवस्थामा रहन आमनागरिकलाई आह्वान गरेका छन् ।

    विपक्षले आफूविरुद्ध ल्याएको अविश्वास प्रस्ताव ‘देशमाथि गरिएको धोका’ भएको खानको दाबी छ । उनले स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि आफूले लडाइँ जारी राख्ने बताएका छन् । प्रतिपक्षी दलका नेताहरूले आफूविरुद्ध लगाएका आरोप ‘जनमतद्वारा खारेज गरिदिने’ खानको चेतावनी छ ।

    आइतबारको संसद् बैठकको अध्यक्षता गरेका उपसभामुख कसिम सुरीले खानविरुद्धको अविश्वास प्रस्ताव संवैधानिक प्रावधानविपरीत भएको भन्दै खारेज गरेका थिए । पाकिस्तानी संविधानको धारा ५ मा ‘राज्यप्रतिको बफादारिता हरेक नागरिकको कर्तव्य हुने’ उल्लेख छ । संसद्मा बोल्दै सञ्चारमन्त्री फवाद चौधरीले देशको संविधानअनुसार प्रत्येक पाकिस्तानी नागरिक राज्यप्रति बफादार हुनुपर्ने बताएका थिए । विपक्षीहरूले विदेशी राजदूतहरूलाई प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव दायर गर्नु एक दिनअघि त्यसबारे जानकारी दिएको उनले दाबी गरे । ‘यो विदेशी सरकारले अघि बढाएको सत्ता बदल्ने कारबाही हो,’ उनले भने । त्यसलगत्तै मतदानबारे निर्णय लिन चौधरीले गरेको अनुरोधमा उपसभामुखले मतदान संवैधानिक नहुने घोषणा गरेका हुन् ।

    संसद् भंग गर्ने निर्णयप्रति विपक्षीहरू आक्रोशित भएका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री विरुद्धको प्रस्तावमा मतदान हुन नदिने निर्णय असंवैधानिक भएको दाबीसहित उनीहरूले सर्वोच्च अदालत गुहारेका छन् ।

    सन् २०१८ को अगस्टमा प्रधानमन्त्री बनेका खान सेनाको सहयोगमा सत्तामा आएको ठानिएको थियो तर पछिल्लो समय सेनासँगको सम्बन्ध बिग्रिएको विश्लेषकहरूको भनाइ छ ।

    सरकारलाई समर्थन गर्ने कतिपय सांसदलाई राजनीतिक प्रतिद्वन्द्वीहरूले खानको गठबन्धनबाट आफूतर्फ तानेका थिए । खानलाई आफ्नो नेतृत्वको सरकार बचाइराख्न संसद्का ३४२ सदस्यमध्ये १७२ सिट आवश्यक पर्थ्यो तर मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान (एमक्यूएम–पी) विपक्षी गठबन्धनमा आबद्ध भएपछि खान नेतृत्वको सरकार १६४ मा सीमित भएको थियो भने उनीविरुद्ध १७५ सांसद उभिएका थिए ।सरकारले बहुमत गुमाउने देखिएपछि खानले आफ्नो पक्षमा जनसमर्थन रहेको देखाउन राजधानी इस्लामावादमा बृहत् र्‍यालीको आयोजनासमेत गरेका थिए ।

    र्‍यालीमा बोल्दै उनले ‘सरकार गिराउन विदेशीहरू लागिपरेको र आफूसँग त्यसको प्रमाण रहेको’ दाबी गरेका थिए । पूर्वप्रधानमन्त्री नवाज सरिफ र आसिफ अलि जर्दारीले समन्वयकारी भूमिका खेलेको दाबी गरे पनि खानले कुनै प्रमाण भने पेस गरेका थिएनन् । खानले संसद्मा बहुमत गुमाएसँगै विपक्षी गठबन्धनले पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ सेहबाज सरिफलाई प्रधानमन्त्री बनाउने तयारी गरेको थियो ।

    पछिल्ला दिन खानले प्रधानमन्त्रीबाट आफूलाई हटाउन अन्तर्राष्ट्रिय समुदायले षड्यन्त्र गरेको दाबी गर्दै आएका थिए । त्यसका लागि अमेरिका लागिपरेको उनको आरोप छ । रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मस्को गएका थिए भने विगतमा ‘आतंकवादविरुद्धको अमेरिकी युद्ध’ को कडा आलोचना गरेका थिए । त्यस्तै, आफ्नो विदेश नीतिसम्बन्धी निर्णयका कारण अमेरिकी अधिकारीहरूले पाकिस्तानी कूटनीतिज्ञलाई पदबाट हटाउनुपर्ने चेतावनी दिएको खानको आरोपपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको ठानिएको थियो तर विपक्षीहरूले आरोप ‘हास्यास्पद’ भएको जनाउँदै खानविरुद्ध अविश्वास प्रस्ताव ल्याउन अमेरिकाको भूमिका नरहेको दाबी गरेका छन् ।

    खान सरकार भ्रष्टाचारमा लिप्त भएको र विदेश मामिलामा सम्झौताकारी नीति अख्तियार गरेको विपक्षीको आरोप छ । भ्रष्टाचार नियन्त्रण र संकटपूर्ण अर्थतन्त्र सुधार्ने वाचासहित प्रधानमन्त्रीको कुर्सीमा पुगेका खानले कुनै उल्लेखनीय कदम चाल्न नसकेपछि लोकप्रियता गुमाउँदै गएका थिए । त्यसका साथै बढ्दो मुद्रास्फीति र विदेशी ऋणका कारण उनी थप चेपुवामा परे । पछिल्लो समय सरकार र सेनाबीच पनि सम्बन्ध थप बिग्रँदै गएको थियो ।

    यसअघि सन् २०२१ को अक्टोबरमा गुप्तचर संस्था आईएसआईका प्रमुख फैज हमिदलाई हटाउने विषयमा पनि दुई पक्षबीच विवाद उत्पन्न भएको थियो ।

    पाकिस्तानमा सरकार गठन तथा सत्ता सञ्चालनका लागि सेनाको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । सन् १९४७ मा स्वतन्त्र भएयता पाकिस्तानमा चार पटक सैन्य ‘कु’ भइसकेको छ भने पटकपटक सेनाको आडमा सत्ता परिवर्तनको असफल प्रयास भइसकेको छ । पाकिस्तानमा लोकतान्त्रिक रूपमा निर्वाचित कुनै पनि प्रधानमन्त्रीले पूरा कार्यकाल सत्ता सञ्चालन गर्न सकेका छैनन् ।

  • subhayug
  • अविश्वास प्रस्ताव दर्ता
  • इमरान खान
  • इस्लामाबाद
  • पाकिस्तानी प्रधानमन्त्री
  • संसद् विघटन
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

  • युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

  • कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

  • इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने


  • समाचार
  • १

    सेयर बजारमा आज दोहोरो अंकको सुधार
    ३ घण्टा अघि

  • २

    पेट्रोलियम पदार्थको मात्र होईन सार्वजनिक यातायातको पनि भाडा बढ्यो : सूचीसहित
    ४ घण्टा अघि

  • ३

    यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ
    ४ घण्टा अघि

  • ४

    धुनिबेशी १ का नवनिर्वाचित् वडाध्यक्ष प्रहरी नियन्त्रणमा
    १२ घण्टा अघि

  • ५

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल
    १३ घण्टा अघि

  • ६

    जनभावना अनुसार काम गर्न मुख्यमन्त्री पाण्डेको निर्देशन
    १४ घण्टा अघि

  • ७

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु
    १४ घण्टा अघि

  • ८

    कावासोतीमा सेञ्चुरी बैंक
    १४ घण्टा अघि

  • ९

    भरतपुर महानगरको मेयरमा पुनः रेनुु दाहाल विजयी
    १४ घण्टा अघि

  • १०

    कांग्रेस छाडी स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार बने जनकपुरको मेयर
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपतिको हत्या प्रयास असफल

    subhayug
    २

    युद्ध अन्त्य गर्न आग्रह गर्दै युक्रेनी राष्ट्रपतिले भने : पुटिनसँग भेटेर क्षमा माग्न चाहन्छु

    subhayug
    ३

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    ४

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution