२०७९ श्रावण २९, आईतबार
काठमाण्डौ – बिमा समितिले पुँजी वृद्धिको निर्णय गरेपछि बिमा कम्पनीहरु पुँजी बृद्धि गर्ने आन्तरिक छलफलमा गृहकार्यमा सक्रिय भएका छन ।
समितिले एक महिनाभित्र पुँजी वृद्धिको योजना बनाएर पेस गर्ने समयसीमा यो भन्दा पहिलने नै तोकेको हो । चैत दोश्रो साता बसेको बिमा समितिको सञ्चाक समितिको बैंकले जीवन र निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धिको निर्णय गरेको थियो । उक्त निर्णयमा जीवन बिमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २ अर्ब ५० करोड पु¥याउने निर्णय समितिले गरेको हो । पुँजी वृद्धिको निणर्यले प्राथमिक सेयर निष्कासन नगरेका सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड, महालक्ष्मी लाईफ इन्स्योरेन्स, सिटिजन लाईफ इन्स्योरेन्स, आइएमई लाईफ ईन्स्योरेन्स र रिलायवल लाईफ ईन्स्योरेन्स कम्पनीमा थप दवाव सिर्जना भएको छ ।
हालसम्म नेपालमा एउटा जीवन बिमा कम्पनी र २ वटा निर्जीव बिमा कम्पनी विदेशी लगानीका छन । मेट लाईफले निर्धारित पुँजी २ अर्ब रुपैयाँ पुयाएको भन्दै नाफा विदेशमा लैजाने गरेको छ । भारतीय कम्पनी दि ओरियन्टल इन्स्योरेन्सको निर्धारित पुँजी १ अर्ब रुपैयाँ भन्दा कम छ । बिमा कम्पनीहरुमा संस्थापक र सर्वसाधारणको लगानी अनुपात क्रमशः ७०/३० प्रतिशत हुने गरेको छ । आईपीओ जारी गर्न बाँकी ५ वटा जीवन बिमा कम्पनीमा सिटिजन लाईफको १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी छ ।
त्यस्तै आईएमई लाईफको १ अर्ब ४० करोड, महालक्ष्मी लाईफको १ अर्ब ४० करोड, सन नेपाल लाईफको १ अर्ब ४० करोड र रिलायबल लाईफको १ अर्ब ४० करोड चुक्ता पुँजी छ । यी कम्पनीहरुले आईपीओ निष्कासनको तयारी गरेका बेला समितिले पुँजी वृद्धिको योजना ल्याएको छ । समितिले एकै पटक १५० प्रतिशतले पुँजी वृद्धि गरेपछि आन्तरिक छलफलमा जुटे पनि पुँजी वृद्धिको योजनाको सम्वन्धमा अहिले ने भन्न सक्ने अवस्था नरहेको आइएमई लाईफ इन्स्योरेन्सक प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवी फुयाँलले बताएका छन् ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले न्यूनतम पुँजी पुर्याउन नसक्ने कम्पनी मर्जमा जानुपर्ने यो भन्दा अघिनै बताइसकेका छन । समितिले पुँजीवृद्धि गर्ने भनेको छ तर कसरी गर्ने मर्जमा जार्ने, मर्जमा जादा के कस्ता सहुलियत पाउने भन्ने विषयमा स्पष्ट हुन बाँकी रहेको भन्दै बिमा कम्पनीहरु छलफलमै रहेका छन । ३९ वटा बिमा कम्पनीहरुमा जीवन बिमातर्फ नेपाल लाइफको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै निर्जीवनतर्फ शिखर ईन्स्योरेन्सको सबै भन्दा बढी २ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar